arrow

विम्बल्डन टेनिसः मर्रे र जोकोभिच क्वार्टरफाइनलबाटै बाहिरिए, फेडेरर सेमिफाइनलमा

logo
प्रकाशित २०७४ असार २९ बिहिबार
andy-murray.jpg

लन्डन । डिफेन्डिङ च्याम्पियन एन्डी मर्रे विम्बल्डन टेनिसको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । तर पूर्व च्याम्पियन रोजर फेडेरर भने सेमिफाइनलमा पुगेका छन् । 

विश्व नम्बर एक ब्रिटिश खेलाडी मर्रे २४ औं वरियताका अमेरिकन खेलाडी साम क्वेरेसंग बेष्ट अफ फाइभको सेटमा पराजित भएका हुन् ।

मर्रे विरुद्धको खेल क्वेरेले ३–६, ६–४, ६–७, ६–१ र ६–१ ले जिते । यो खेल हारेसँगै ब्रिटिश खेलाडी मर्रेले शीर्ष वरियता गुमाउने छन् । 

हारपछि मर्रेले नै भनेका छन्, ‘म पहिलो वरियतामा बस्न लायक छैन ।’

त्यसैगरी पूर्व विश्व नम्बर एक एवं दोस्रो वरियताका सर्वियाका खेलाडी नोभाक जोकोभिच पनि क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । जोकोभिचलाई चेक गणतन्त्रका खेलाडी टोमस बर्डीचले हराए । 

बर्डीच विरुद्धको दोस्रो सेट चलिरहँदा चोटका कारण जोकोभिचले खेल छाडेपछि बर्डीच सेमिफाइनलमा पुगेका हुन् । खेलमा बर्डीज ७–६ र २–० ले अगाडि थिए । 

यता, पूर्व विश्व नम्बर एक तथा पूर्व विजेता स्वीस खेलाडी रोजर फेडेरर भने लयमा देखिएका छन् । फेडेररले क्वार्टरफाइनलमा क्यानाडाका मिलोस राओनिकलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगेका छन् ।

फेडेररले खेल ६–४, ६–२ र ७–६ को सोझो सेटमा जितेका हुन् । 

यसैगरी लक्जेम्बर्गका जायल्स मुलरलाई हराउँदै क्रोएशियाका मारिन सिलिच पनि सेमिफाइनलमा पुगेका छन् ।  सिलिच ३–६, ७–६, ७–५, ५–७ र ६–१ ले विजयी भए ।

The hip complaint that had been troubling Murray for months was an issue on Wednesday

Novak Djokovic receives treatment before being forced to retire in his quarter-final match

Djokovic's struggles continued as he failed to make the final four of another Grand Slam

The Swiss star showed tremendous quality to knock out last year's runner-up Milos Raonic 



नयाँ