कुमोद अधिकारी विराटनगर । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले आन्दोलनरत मधेशी मोर्चा र सरकारवीचको सहमतिका लागि अब धेरै दिन पर्खन नपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पोखरेलले मधेशी मोर्चा र सरकारबीचको वार्ता सकारात्मक दिशातर्फ बढि रहेकाले छिट्टै समस्याको निकास निस्कने बताए ।
यसअघि मधेशी मोर्चा वार्तामा तत्परताका साथ नबसेपनि पछिल्लो समय औपचारिकरुपमा वार्ता टोली समेत गठन गरिसकेको र सरकार समेत एकताबद्ध भएर अघि बढेकाले छिटटै निकास निस्कने उनको भनाई छ ।
सरकारको कामकारवाहीप्रति सत्तारुढ दलकै नेताहरुले आलोचना गर्न थालेको सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिंदै महासचिव पोखरेलले वर्तमानमा देखिएका विभिन्न समस्याहरु विगतदेखिकै संग्रहित समस्याको परिणाम भएको बताउदै केही कामै नभएको भन्न नमिल्ने बताए ।