अनीता अधिकारी, नुवाकोट। नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले महाभुकम्पमा परि मृत्यु भएका ट्रेड युनियनकर्मीहरुका परिवार र तीनका वालवालिकालाई चिसोवाट जोगाउन न्यानो सामग्री उपलव्ध गराएको छ।
बुधवार सुन्दरादेवीका राजु वीकको परिवारलाई दुई थान कम्वल र तीन छोरीहरुलाई स्वेटर तथा हल्देकालीकाका संगिता तमाङको परिवारलाई दुईथान कम्वल उपलब्ध गराईएको नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले जनाएको छ। ट्रेड युनियन नुवाकोटका अध्यक्ष शिव देवकोटा, उपाध्यक्ष किरण अधिकारी र शिक्षक संघका अध्यक्ष रामबहादुर थापाले मृतक राजु बिककी श्रीमति रुपा विक र मृतक संगिता तमाङका पिता कृष्णबहादुर तमाङलाई घरमै पुगेर सहयोग उपलब्ध गराएका थिए ।
बढ्दो चिसोवाट सबैभन्दा समस्या देखिएका श्रमिकका परिवार र वालवालिकालाई सहयोग उपलब्ध गराईएको नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटाले जानकारी दिए । युनियनले अरु मृतकका परिवारहरुलाई पनि सहयोग उपलब्ध गराईने जनाएकोछ ।