arrow

राजेन्द्र महतोको दिल्ली उपचार सकियो

राजनीतिक भेटघाटका लागि केही दिन बस्न सक्ने

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
Rajendra-mahto.jpg.jpeg
काठमाडौं । दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइरहेका सद्भावना अध्यक्ष राजेन्द्र महतो डिस्चार्ज भएका छन् । विराटनगरको जोगवनी नाकामा धर्नाका क्रममा भएको झडपमा घाइते भएका महतो गएको शुक्रबार मात्रै धरानबाट उपचारका लागि सिधै दिल्ली गएका थिए । महतो केही दिन दिल्लीमै रहेर आराम गर्ने छन् । आफन्तहरुले सरकारले हत्या प्रयास गरेपनि उपचारपछि महतोको स्वास्थ्य पूर्ववत हुने क्रममा रहेको बताएका छन् ।  
 
नियमित औषधी सेवन गर्ने र एक हप्ता पछि परिक्षणका लागि चिकित्सकले बोलाएको भतिजा उपेन्द्र महतोले जानकारी दिएका छन् । दिल्ली बसाईका क्रममा महतोले राजनीतिक भेटघाट गर्ने बुझिएको छ । यद्यपि, उनले यसबारेमा जानकारी गराएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ