arrow

सांसद शाहले संचालन गरे निःशुल्क स्वास्थ्य शिविर

घर दैलोमा विशेषज्ञ सेवा

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
District-65-Jajarkot-hamrakura.jpg.jpeg
जाजरकोट। जाजरकोटको विकट बस्ती थलह बजारमा जाजरकोट क्षेत्र नं २ का सांसद राजिव विक्रम शाहले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन्।    सांसद शाहको सहयोगमा कुमारी ट्रष्ट जाजरकोटको आयोजना र नेपालगंज मेडिकल कलेजले प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो। 
 
पश्चिम जाजरकोटका १५ गाविसका बासिन्दाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी शिविरको आयोजना भएको हो। शिविरमा स्त्री रोग, बालरोग, नाक, कान, घाँटी, सामान्य चिकित्सा लगाएत रोगको उपचार हुने गरेको कुमारी टष्टका समेत अध्यक्ष रहेका सांसद शाहले बताए। मंगलवारदेखि शुरु भएको शिविरमा विभिन्न रोगका ५ सय विरामीको उपचार भएको छ। ५ दिनसम्म संचालन हुने शिविरमा विशेषज्ञ डाक्टर सहित दर्जन स्वास्थ्यकर्मी खटिएका छन्। 
 
शिविरमा छनौट भएका जटिल रोगका विरामीको उपचार नेपालगंज मेडिकल कलेजले अवको १ महिना भित्र ५० प्रतिशत सहुलियतमा शल्यक्रिया लगायतका उपचारको ब्यवस्था मिलाईएको सांसद शाहले बताए। बषौंदेखि स्वास्थ्य सेवाबाट बञ्चित स्थानियबासी आफनै घर दैलोमा विशेषज्ञ सेवा पाएपछि नै खुसी भएको स्थानिय जनक शर्माले बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ