arrow

मेरी प्यारी गुरुआमा तिमी

logo
आदिश्री सिटौला,
प्रकाशित २०७४ असार ३० शुक्रबार
aadishree-sitoula.jpg

मेरी प्यारी गुरुआमा तिमी ।
जनमा मनमा बसेकी छौं तिमी ।
ममता की सागर तिमी ।
दिन्छौं आनन्द काख, आमा सहर तिमी ।

मेरी प्यारी गुरुआमा तिमी ।
मेरी प्यारी गुरुआमा तिमी ।।

शिक्षाको ज्योती दिन्छौ मलिला ।
सरस्वतीको भाव बगाई सलिला ।
हामी साना वालबालीका कलिला ।
इन्द्रेणी रंग भरि देउ भरिला ।

मेरी प्यारी गुरुआमा तिमी।
मेरी प्यारी गुरुआमा तिमी ।।

कथा भनि हामीलाई भुलाई ।
चित्र कोरी हामीलाई बुझाई ।
स्वागत सवमा आदर मान ।
मिठो मुस्कान सान र दान ।

मेरी प्यारी गुरुआमा तिमी ।
मेरी प्यारी गुरुआमा तिमी ।।

आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्तीको अवसरमा किल्टन स्कूलले आयोजना गरेको कविता प्रतियोगीताम कक्षा दुईकी छात्रा आदिश्री सिटौला प्रथम भएकी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ