रत्ननगर (चितवन)। पश्चिम चितवनको सुन्दरवस्तीमा गैंडाको आक्रमणबाट आज एक पुरुषको मृत्यु भएको छ ।
भरतपुर उपमहानगरपालिका–२८ स्थित बेलसर सामुदायिक वनमा घाँस काट्न गएका बेला अपराह्न ३ बजेतिर गैंडाको आक्रमणबाट भरतपुर उपमहानगरपालिका–२९ सुन्दरवस्तीका रामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि पनि पुस ११ गते नारायणी नगरपालिका–३ स्थित बुद्धनगरका स्थानीय बुद्धिप्रसाद अर्यालको गैंडाको आक्रमणबाट मृत्यु भएको थियो ।