arrow

नवाजुद्दीन सिद्दीकी बारे अनुराग कश्यपको खुलासा

logo
प्रकाशित २०७४ असार ३१ शनिबार
sidhikaikasyap.jpg

एजेन्सी । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी अभिनयले चिनिएको नाम हो । उनको अभिनयको चर्चा बलिउडका हस्तीले समेत गर्ने गरेका छन् । चलचित्र उद्योगमा स्थापित हुन नवाजले कडा मेहेनत गरेका छन् ।

नवाजुद्दीनको बारेमा चलचित्र निर्माता तथा निर्देशक अनुराग कश्यपले नयाँ खुलासा गरेका छन् । कश्यपले अभिनेता बन्नु भन्दा पहिले नवाजुद्दीन मिस इन्डियासँग डेटिङ गरेको बताएका छन् ।सो खुलासा पछि दर्शकहरुले स्ट्रगलको समय पनि कुनै केटिले नवाजुद्दीनलाई मन पराउथे भन्ने प्रश्न गरेका छन् ।

अनुराग कश्यपले भने - 'अभिनेता बन्नु पर्व नवाजुद्दीन मिस इन्डियासँग डेट गरिसकेका छन् ।' साथै , अनुरागले भने, ' म कसैको नाम लिन चाहान्न ।' सो सुनेसँगै नवाज लजाए ।

 अनुरागले भने- ''ग्याङ अफ वासेपुर' को रिलिज हुनु पहिले नै नवाजुद्दीनसँग सो प्रेमिकाको ब्रेकअप भएको थियो ।' नवाजले एक कार्यक्रमको अन्तवार्तामा आफुले सक्दो प्रयासपछि पनि ३५ बर्ष सम्म कुनै गर्लफ्रेन्ड नरहेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ