arrow

भारतीय तस्करसँग झडप

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
ःबमभकजष-ःबचअजजब.jpg.jpeg
वीरगन्ज। वीरगन्जको नेपाल–भारत सीमास्थित मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारी र सीमावर्ती भारतीय गाउँ अहिरवा टोलका स्थानीयवासी बीच आज केहीबेर झडप भएको छ । झडपमा परी आधा दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । 
 
सीमावर्ती भारतीय गाउँ अहिरवा टोलका स्थानीय बासिन्दाले चारवटा पेट्रोल बम प्रहार गरेका थिए । भारततर्फका स्थानीयवासीले प्रहार गरेको ढुङ्गा लागेर आन्दोलनकारीतर्फका चुन्नु मिश्रा, रोशन कुमार, असरफ अली, विनय सर्राफ, कृष्णा पटेल र ओमप्रकाश सर्राफलगायत घाइते भएका छन् । सीमावर्ती भारतीय क्षेत्रबाट आएका उनीहरु तस्कर भएको आन्दोलनकारीले बताएका छन् । 
 
“उनीहरु तस्कर हुन्, हामीले तस्करी रोक्न खोज्दा उनीहरु धर्नामा आक्रमणको प्रयास गर्दै आएका व्यक्ति हुन्,” सङ्घीय समावेशी युवा गठबन्धनका संयोजकसमेत रहनुभएका आन्दोलनकारी ईश्वरचन्द्र यादवले भने – “एक घन्टाभन्दा बढी समयसम्म झडप भयो । उनीहरुलाई धपायौँ । प्रहरीकै संरक्षण भएकाले तस्करको मनोबल बढेको हो ।” 
 
एक सयभन्दा बढीको सङ्ख्यामा आएका भारतीय तस्करसँग झडप भएको राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष प्रेमबाबु पटेलले बताए । झडपपछि मितेरीपुल र आसपासको क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो । अहिले त्यहाँको अवस्था सामान्य छ । झडपमा परी घाइते भएकाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ