arrow

आंशिक प्राध्यापकले गरे त्रिविका आंगिक क्याम्पसमा तालाबन्दी

logo
प्रकाशित २०७४ साउन १ आइतबार
pradhyapak_sang.jpg

काठमाडौँ। नेपाल आंशिक प्राध्यापक संघले विरोध गर्दै आइतबार त्रिविका देशभरि रहेका ६० वटा आंगिक क्याम्पसहरूमा तालाबन्दी गरेको छ । संघले ती क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेको हो ।

नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि कार्यरत आंशिक प्राध्यापकहरूलाई करार र प्रक्रिया पुर्याई स्थायी गर्नुपर्ने माग राख्दै गएको वर्ष चैत्र महिनादेखि विभिन्न संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तालाबन्दी गर्ने क्रममा उपकूलपतिको कार्यालय प्रहरी परिचालनका कारण तालाबन्दी गर्ने नसकेको संघले जनाएको छ । तालाबन्दीका कारण राजधानीका आरआर क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, अस्कल, सानोठिमी लगायत राजधानी बाहिर देशैभरिका त्रिवि आंगिक क्याम्पसहरूको प्रशासनिक र आर्थिक काम कारवाही ठप्प हुन पुगेको छ ।साथै संघले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयको मुख्य गेटमा एक हप्तादेखि धर्ना दिदै आएको छ ।
 

सिनासको कार्यक्रममा भाग लिन कीर्तिपुर पुगेका नेपाली कांग्रेसका नेता शशांक कोइरालालाई आकस्मिक रूपमा नेपाल आंशिक प्राध्यापकहरूले भेटघाट गरेपछि केही समय उपकूलपति तीर्थ खनियाँ, आंशिक प्राध्यापक संघका नेताबीच छलफल भएको छ ।

 सो छलफलका क्रममा नेता कोइरालाले उपकुलपति खनियाँलाइई, “तपाईले यो के गरेको, प्राध्यापक वर्गलाई यसरी लामो समय आन्दोलनमा राख्नुहुन्न, एक हप्तामा समाधान खोज्नुस् भनी सम्झाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ