arrow

अधिकारको आन्दोलनमा पत्रकार महासंघले समर्थन गर्नुपर्छः धर्मेन्द्र झा

अधिकारको पक्षमा कलम चलाउन आग्रह

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
dharmendra-jha.jpg.jpeg
वीरगंज। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले अधिकारको आन्दोलनमा पत्रकार महासंघले समर्थन जनाउनु पर्ने कुरामा जोड दिएका छन्। बाराको कलैयामा संचारकर्मीहरुसंग आज आयोजित अन्तरक्रिया कार्यक्रममा पुर्व अध्यक्ष झाले पत्रकार महासंघले अधिकार प्राप्तीका लागि विगतमा भएका आन्दोलनहरुमा समेत समर्थन गरेको स्मरण गराए। उनले पत्रकारहरु आवाज बिहिनहरुको आवाज बन्नु पर्ने कुरामा जोड दिदै लोकतन्त्र बलियो भए मात्र प्रेस बलियो हुने बताए। 
 
पूर्व अध्यक्ष झाले तराईमा जन्मे हुर्केको नाताले तराई मधेशमा जारी आन्दोलनको सम्बन्धमा आफ्नो कर्तव्य सम्झेर तराई मधेशमा पत्रकारिता गरिरहनु भएका पत्रकारहरुको समस्याहरुलाई बुझ्न आफू आएको बताउदै मधेशी जनताको अधिकारको पक्षमा कलम चलाउन आग्रह गरे। 
 
कार्यक्रममा नेपाल पत्रकार महासंघ मध्यमाञ्चल संयोजक शितल महतोले आचारसंहिता पालन गर्न आग्रह गरे। नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहाले अहिलेको पत्रकार महासंघको नेतृत्वले सरकारको प्रवक्ता भए जस्तो आचरण गरेको आरोप लगाए। 
 
जिल्लाका पत्रकारहरुले सरकार, सुरक्षा निकाय, आन्दोलनरत पक्ष र स्वयं पत्रकारहरुबाट नै जोखिम मोल्नु परिरहेको कुरामा पत्रकारहरुले बताएका थिए। नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष राकेश पाण्डे, अग्रज पत्रकार सत्यप्रकाश श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शुभाष साह लगायतका पत्रकारहरुको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ