संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका नेताहरु समेत आशावादी भएको मोर्चा र तिन दलका नेता सम्मीलित कार्यदलले आज पनि सहमतिको विन्दु खोजी गर्ने भएको छ ।
हिजो देखि छलफल सुरु गरेको मोर्चाको पहिलो बैठक निकै सकारात्मक भएको दुवै पक्षका नेताहरुले बताएकाले आज पनि सकारात्मक तरिकाले छलफल अगाडी बढ्ने विश्वास लिइएको छ ।
आज दिउसो बस्ने भनिएको कार्यदलको बैठक भन्दा अगाडी कार्यदलका सदस्यहरुले आ आफ्नो पक्षका शिर्ष नेताहरुसंग छलफल गर्ने भएका छन् । शिर्ष नेताहरुलाई उनीहरुले हिजो भएको छलफलका बारेमा जानकारी गराउनुका साथै लचकताका विन्दुका बारेमा पनि परामर्श गर्ने नेताहरुले बताएका छन् ।
उनीहरुले जतिसक्दो चाडो समस्या समाधान गर्नेगरी आफुहरु लागिरहेको केहीदिनमा निचोडमा पुगिने विश्वास व्यक्त गरेका छन् ।
केहीदिन अघि गठित कार्यदलमा काँग्रेसका महेश आचार्य, एमालेका भिम रावल, एमाओवादीका कृष्णबहादुर महरा, र मोर्चाका तर्फबाट हृदयश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेश राय रहेका छन् ।