arrow

विश्वकप छनोटमा नेपाललाई दोस्रो सफलता, फेरि चम्किए सन्दीप

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
sandep.jpg

काठमाडौँ । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनसँगै नेपाललाई १९ वर्ष मुनिको विश्वकप छनोट क्रिकेटमा दोस्रो सफलता मिलेको छ ।

सिङ्गापुरमा भइहरेको १९ वर्ष मुनिको आईसीसी एसिया विश्वकप छनोटमा नेपालले दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले हराएको हो ।

सिङ्गापुर क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सन्दिपको कसिलो बलिङका कारण मलेसियाले २५ दशमलव पाँच ओभरमा मात्र ५८ रन बनाउन सक्यो । सन्दिप एक्लैल पाँच विकेट चट्काए ।

उनले आठ ओभर पाँच बल ‘बलिङ’ गरे । एक मेडन राखेका १७ रन खर्चे । सन्दीपले सोमबार सिङ्गापुरसँगको खेलमा समेत पाँच विकेट लिएका थिए ।

सन्दिपलाई पवन सरार्फले साथ दिए । उनले तीन ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र ९ रन खर्चिए । उनले तीन विकेट लिए । यस्तै, सन्दीप सुनार र किशोर महतोले एक–एक विकेट लिए ।

मलेसियाका लागि कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । नेपालले मलेसियालाई ११ अतिरिक्त रन दिएको थियो ।
नेपालले विजयी ९ ओभर पाँच बलमै पाँच विकेट गुमाएर चुनौती पार गर्न सक्यो । नेपालका प्रारम्भिक ब्याट्सम्यान सन्दीप सुनार ६ रनमा, आदिल खान पाँच तथा दीपेन्द्रसिंह ऐरी चार रनमा आउट भए ।

प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सर्वा्धिक २३ रन बनाए । उनले २० बल खेल्दै पाँच चौका हाने । यस्तै प्रनित थापामगरले अविजित १८ रन बनाए । उनले १२ बलको सामना गर्दै एक छक्का र एक चौका प्रहार गरे ।

बलिङतर्फ मलेसियाका हाफिजुद्धिनले तीन विकेट लिए । उनले तीन ओभर बलिङ गर्दै २१ रन खर्चे । नेपालले अर्को खेल विहीबार अफगानिस्तानसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ