arrow

आज विपाशाको जन्मदिन, इन्टरभलमै टुट्यो प्रेम

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Bipasha.jpg.jpeg
मुम्बई । बलिउडकी ‘बिल्ली रानी’ विपाशा बसुको आज जन्मदिन हो । अभिनयका साथै हट प्रस्तुतिका कारण बलिउडमा आफ्नो बेग्लै पहिचान बनाएकी उनी बिहीबारबाट ३७ वर्षमा प्रवेश गर्दैछिन् । उनले जीवनमा धेरैजनासँग प्रेम गरिन्, जसलाई विवाहमा परिणत गर्न सकिनन् । 

गत वर्ष आफु अभिनित फिल्म ‘अलोन’का कोस्टार करणसिंह ग्रोबरका साथ नजिकिएको कारण पनि उनी चर्चामा आईन् । जन्मदिनकै अवसर पारेर उनले आफ्नो ग्रोबरसँगको सम्बन्धलाई सार्वजनिक गर्ने योजनामा रहेको समेत बताइएको छ । तर यसको आधिकारिक पुष्टि हुन सकेको छैन । बलिउडका सेलिब्रेटीदेखि अन्य पर्सनालिटी भएका व्यक्तिसँग पनि उनको अफेयर चलेको थियो । 
 
विपाशाको पहिलो नाम डिनो मारियासँग जोडिएको थियो । दुवैले फिल्म ‘राज’, ‘गुनाह’, ‘रक्त’ र ‘इश्क है तुमसे’ जस्ता फिल्ममा अनस्क्रिन रोमान्स गरेका थिए । यी फिल्मसँगै यिनीहरुको अफ स्क्रिन रोमान्स पनि सँगै चलिरहेको थियो । तर उनीहरुको प्रेम लामो समयसम्म टिक्न सकेनन् ।
 
बलिउड अभिनेता जोन अब्राहमसँग विपाशाको प्रेम अफेयर लामो समयसम्म चल्यो । उनीहरुको प्रेम यति गाढा थियो कि धेरैले उनीहरुले विवाह गर्नेछन् भन्ने अनुमान पनि गरेका थिए । तर नौ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न नपाउँदै सम्बन्धलाई टुटाइदिए । जोनले विवाह गरिसकेका छन् भने उनीहरुबीचको बोलचाल सम्बन्ध पनि छैन ।

जोनसँग प्रेम टुटेपछि विपाशाको सम्बन्ध हरमन बावेजासँग जोडियो । एक फिल्म खेलेर नजिकिएका उनीहरु इन्गेजमेन्ट गर्ने नै मुडमा पुगेका थिए, तर रातारात उनीहरुको तयारीले पूर्णता पाउन सकेन । दुवैको ब्रेकअप भयो र आफ्नो–आफ्नो जिन्दगी अगाडि बढाउन लागे ।
 
फिल्म ‘दम मारो दम’का अभिनेता राणा दग्गुबतीसँग पनि विपाशाको नजिकिएको थियो । तर यो सत्य कसैलाई थाहा थिएन । राणा हालै ब्लकब्लष्टर फिल्म ‘बाहुबली’मा देखिएका थिए । अहिले विपाशा करण सिंह ग्रोबरसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । दुवैले हरर फिल्म ‘अलोन’मा सँगै काम गरेका थिए । विपाशाले सामाजिक सञ्जालमा दुवै जनाको हट तस्वीर पनि राखेका थिईन् । तर विपाशाको सम्बन्धले करणसँग पूर्णता पाउने हो या अघिल्ला प्रेम प्रसंग जस्तै क्लाइमेक्स नआई इन्टरभलमै सकिने हो त्यो चाहिँ हेर्न बाँकी नै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ