arrow

एभर्टन लिग कपको फाइनल नजिक, म्यान्सिटी दबाबमा

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Manchester-city.jpg.jpeg
एजेन्सी । एभर्टन म्यान्चेस्टर सिटीलाई हराउँदै इङ्गलिश लिग कप (क्यापिटल वन् कप) फुटबलको फाइनल नजिक पुगेको छ । बुधबार राती घरेलु मैदानमा भएको सेमिफाइनल पहिलो लेगमा एभर्टनले म्यान्चेस्टर सिटीलाई २–१ गोल अन्तरले हरायो । 
 
एभर्टनलाई विजयी गराउन रामिरो फुनेस मोरी र रोमेलु लुकाकुले एक–एक गोल गरे । म्यान्चेस्टर सिटीका जिसस नाभासले एक गोल र्फाएपनि हार टरेन । पहिलो लेगको जितसंगै एर्भटन फाइनल नजिक पुग्दा प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटी दबाबमा परेको छ । 
 
दोस्रो अर्को लेगको खेल फेब्रुअरी २७ मा सिटीको मैदानमा हुनेछ । बुधबारै भएको पहिलो सेमिफाइनलमा लिभरपुलले स्टोक सिटीलाई १–० ले हराएको छ । जसले लिभरपुल र एभर्टनको फाइनल भेट हुने समीकरण बन्ने देखिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ