arrow

सिन्धुली वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रकवि घिमिरे दम्पत्तिको सम्मान

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
madhav_ghimire_1.jpg

काठमाडौं । काठमाडौं–सिन्धुली बाङ्मय प्रतिस्ठानले राष्ट्रकवि माधव घिमिरे दम्पत्तिलाई बुधबार राजधानीमा सम्मान गरेको छ । राष्ट्रकवि घिमिरे दम्पत्तिलाई प्रतिष्ठानका अध्यक्ष शम्भु ढकाल ‘अञ्जुल’ ले दोसल्ला ओढाएर सम्मान गरेका थिए । नेपाली साहित्यका धरोहरका रुपमा राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानको तर्फबाट सम्मान पत्र पनि प्रदान गरिएको थियो ।

त्यस अवसरमा राष्ट्रकविले सिन्धुली जिल्लाले महाकाब्यकार उमानाथ शास्त्रीजस्ता मुर्धन्य साहित्यकारलाई जन्म दिएको संस्मरण गर्दै त्यहाँका साहित्यकारहरुबाट सम्मानित हुन पाउँदा आफू हर्षले गद्गद् भएको बताए । उनले सिन्धुली जिल्ला टेक्ने आफ्नो अझै चाहना रहेको बताउँदै नेपाली साहित्यमा सिन्धुली जिल्लाका श्रष्टाहरुको योगदानलाई भुल्न नसकिने बताए ।

प्रतिष्ठनाका अध्यक्ष अञ्जुलले नेपाली साहित्यमा यति उचाइ लिएको साहित्यकार ब्यक्तित्वलाई सिन्धुली जिल्लाका सम्पूर्ण साहित्यकारहरुको तर्फबाट सम्मान गर्न पाउँदा आफूहरुले गौरव महसुस गरेको बताए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पनाअनुसारको साहित्यकारहरुको एकै ठाउँमा वस्ती बसाउने योजनामा प्रतिष्ठान अघि बढेको बताए ।
 
त्यस अबसरमा साहित्यकारहरुले राष्ट्रकविसँग अन्तक्र्रियासमेत गरेका थिए । उनीहरुले राष्ट्रकविले जीवनकालमा प्राप्त गरेका पदक, सम्मान पत्र, उपहारलगायत रहेको संग्रहालयको अवलोकन गरेका थिए । राष्ट्रकवि घिमिरेलाई सम्मान गर्न  शारदा पहाडी, गोविन्दराज शिवाकोटी, लीलानाथ घिमिरे, अम्बिका शर्मा, सीता श्रेष्ठ, कृष्णहरि घिमिरेलगायतका २० जना श्रष्टा राष्ट्रकवि घिमिरे सदन पुगेका थिए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ