arrow

ओली सरकारले मधेसको समस्या समाधान गर्दैनः युवानेता थापा

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
gagan-thapa.jpeg.jpeg
महोत्तरी । संविधान कार्यान्वयन गर्न मधेसको मागलाई सरकारले सम्मानपूर्वक संविधान संशोधन गरेर पूरा गर्नुपर्ने नेपाली काँग्रेसका युवा नेता गगन थापाले बताएका छन् ।  कार्यकर्ता भेटघाटका लागि बुधबार महोत्तरीको बर्दिवास आएका नेता थापाले केपी शर्मा ओलीको सरकारले मधेसको समस्या समाधान गर्न नसक्ने दाबी पनि गरे । 

मधेसी मोर्चाले उठाएको समावेशी समानुपातिकको माग मधेसको मात्र नभई सम्पूर्ण नेपाली जनताको माग भएकाले आफूहरुले संविधान संशोधनको प्रस्तावमा राखेको युवा नेता थापाले बताए ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका थापाले एमालेसँग सरकारमा जाँदाको बाध्यताले काँग्रेसले केही गल्ती गरेको बताउँदै काँग्रेसले त्यो गल्ती सच्याएर अघि बढेको पनि बताए। 

त्यस्तै, सोही कार्यक्रममा सहभागी भएका काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको सरकार खिचडी सरकार रहेको प्रतिक्रिया दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ