arrow

टलकजंग भर्सेस टुल्केका निर्माता टोपी थाप्दै पैसा माग्दै !

जाडोले कठ्याङग्रिएका चितवनका चेपाङहरुलाई सहयोग गर्न मैले यो काम शुरु गरेको हुँ ।

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Rabindra_Singh_Baniya.jpg.jpeg
काठमाडौं । नेपालीमा एउटा प्रचलित उखान छ, जहाँ इच्छा त्यहाँ उपाय । चर्चित फिल्म ‘टलक जंग भर्सेस टुल्के’का निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ अहिले यही उखानलाई चरितार्थ गर्न नयाँ अभियान लिएर सहयोग जुटाउँदै हिडिरहेका छन् । अंग्रेजी नयाँ वर्ष २०१६ को पहिलो दिन नेपालमा राष्ट्रिय टोपी दिवस मनाएर युवायुवतीहरुले सामाजिक सञ्जालमा धमाधम फोटो पोष्ट गरिरहँदा त्यसो भोलिपल्ट उनले चाहिँ शीरको टोपी खोलेर ‘टोपी थाप्ने’ दिवस मनाउन आव्हान गर्दै फेसबुकमा फोटो पोष्ट गरे । उनको यो कामलाई धेरैले रुचाए र त्यसलाई शेयर गर्न पनि भ्याए । 
 
राष्ट्रिय टोपी दिवसको भोलिपल्टदेखि उनी नियमित रुपमा आफ्ना साथीभाईदेखि इष्टमित्रसँग टोपीमा पैसा माग्दै गरेको फोटो पोष्ट गरिरहेका छन् । आखिर उनले किन यसो गरे त ? धेरैको जिज्ञासा पनि छ । 
 
‘खासमा जाडोले कठ्याङग्रिएका चितवनका चेपाङहरुलाई सहयोग गर्न मैले यो काम शुरु गरेको हुँ, टोपी दिवसको दिन टोपी लगाउने त्यसको भोलिपल्ट निकाल्ने गर्नुभन्दा त्यो निकालेको टोपीले एकजना मान्छेको शीर न्यानो हुन्छ भने त्यसमा किन सहयोग नगर्ने भनेर मैले आफै यो काम शुरु गरेको हुँ,’उनले कारण खुलाए,‘किनभने हामी सानैदेखि टोपी थापेर या अन्य काम गरेर माग्दै आएका छौं, त्यसकारण पनि टोपी थापेर माग्न कुनै संकुचन वा लाज हुँदैन, मेरो चाहना यति उती पैसा दिनु भन्दा पनि एउटा न्यानो हुने किसिमको टोपीको मूल्य एकजनाले दिनुहोस् भन्ने मात्र हो, त्यो रकम खासै धेरै महंगो पनि हुँदैन ।हामीले दिएको टोपीले अर्को मानिसको शीर न्यानो हुन्छ भने किन सहयोग नगर्ने ?’ टोपी थापेरै गाउँमा विकासको काम शुरु भएको स्मरण गर्दै उनले टोपी थाप्न कुनै अप्ठ्यारो नभएको जिकिर गरे ।
 
उनको यो कामलाई स्वदेशदेखि विदेशमा बस्ने नेपालीहरुले पनि चासो देखाएका छन् । विदेशमा बस्दै आएका कतिपयले सहयोगको प्रतिबद्धता पनि जनाएका छन् । स्वदेशमा सेलिब्रेटीदेखि सञ्चारकर्मीलगायतले सहयोग गरेको तस्वीर पनि उनले फेसबुकमा पोष्ट गरिरहेका छन् । उनले फेसबुकमा सहयोगको आव्हान गरे पनि व्यक्तिगत भेट्दा भने पैसा माग्ने गर्दैनन् । ‘किनभने यो मानवीय संवेदनासँग जोडिएको विषय हो, त्यसकारण पनि सकारात्मक सोच भएकाहरुले यो कामलाई पूर्ण रुपमा साथ दिन्छन् भन्ने मलाई लाग्छ ।’ शनिवारसम्म करिब ५ सय वटा टोपी भेला पारेर चितवनका चेपाङलाई बुझाउने उनको योजना छ ।
 
उनले चितवनको चेपाङलाई लक्षित गरेर टोपी माग्ने अभियान शुरु गरे पनि यसको उद्देश्य निश्चित समुदाय वा क्षेत्रलाई नभएको बताए । ‘तपाई हाम्रै समाज वरीपरी जाडोले पीडित बनेका मानिसहरु पनि हुन्छन्, उनीहरुलाई पनि सहयोग गर्न सकिन्छ ।’ उनले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ