arrow

लुइस सुआरेजको अर्को लफडा, विपक्षीलाई भने,‘तिमीहरु धर्तीका बोझ हौ’

बार्सा स्टार चम्किएकै खेलमा सुआरेजको कचिङ्गल

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Suarez.jpg.jpeg
एजेन्सी । प्रतिष्ठित स्पेनिश फुटबल प्रतियोगिता कोपा डेल रे मा बार्सीलोनाका स्टारहरु चम्किएपछि इस्पानियोल फराकिलो अन्तरले पराजित भएको छ । अन्तिम १६ को लागि भएको पहिलो लेगको खेलमा बार्सीलोनाले इस्पानियोललाई ४–१ को फराकिलो  अन्तरले पराजित गरेको हो । बार्सीलोनाको घरेलु मैदानमा भएको खेलमा इस्पानियोलले सुरुवाती अग्रता लिएपनि   बार्साका स्टारहरु चम्किएपछि संघर्षपूर्ण हार बेहोर्नु परेको हो ।
 
खेलको नवौं मिनेटमै फेलिपले गोल गरेका थिए । बार्सा स्टार लियोनल मेस्सीले १३ औं मिनेटमा पहिलो गोल गर्दा पहिलो हाफ अघिनै ४४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । दोस्रो हाफपछि ४९औं मिनेटमा जेरार्ड पिकेले एक गोल गर्दै टोलिको अग्रता बलियो बनाए । गोल गर्न छुटेका नेमारले समेत ८८औं मिनेटमा आफ्नो खातामा एक गोल थप्दै टोलीलाई ४–१ को नतिजामा ल्याए । आक्रामक बनेको इस्पानियोलका दुई खेलाडीले रातो कार्ड पाए । स्पेनिश फुटबलमा बार्सीलोना डर्बी भनेर चिनिने यी दुईबीचको यो कडा भिडन्त हो । इस्पानियोलको मैदानमा आउँदो बुधवार दोस्रो लेगको खेल हुनेछ ।
 
स्पेनिश किङ्स कपको नामले चिनिने प्रतिष्ठित कोपा डेल रे फुटबलकै अन्य खेलमा भ्यालेन्सियाले ग्रानाडालाई ४–० ले हरायो । एथ्लेटिक बिल्बाओले भिल्लारियललाई ३–२ ले पराजित गर्दा सेभियाले रियाल बेटिसलाई २–० ले पाखा लगायो । एथ्लेटिको मड्रिड र रायो भाएकानो तथा मिरान्डेज र डेपोर्टिभो लाकोरुना १–१ गोलको बराबरीमा रोकिए । 
 
सुआरेजले फेरि झगडा गरे 
बार्सिलोनाका स्ट्राइकर लुइस सुआरेजले इस्पानियोलका खेलाडीसँग झगडा गरेका छन् । आक्रामक इस्पानियोलका सात खेलाडीले पहेंलो कार्ड पाएकै खेलमा उनले झगडा गरे । त्यति मात्र नभई दबाबमा परेको इस्पानियोलका दुई खेलाडी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । बार्सिलोनाका लियोनल मेस्सी, लुइस सुआरेज, नेइमार तथा जेराड पिकेले पनि पहेँलो कार्ड पाए । इस्पानियोलका खेलाडीको व्यवहारले रन्थनिएका सुआरेजले टनेलमै झगडा गरे । उनले भने, ‘म तिमीहरुलाई नै पर्खिरहेको छु, यहाँ आओ, तिमीहरु धर्तीका बोझ हौ– भने ।’
 
तिमीहरुअन्तरिक्षलाई बर्बाद गरिरहेका छौ । उनले मैदानबाट फर्किने क्रममा इस्पानियोलका खेलाडीसँग टनेलमा निकैबेर बाझाबाँझ गरेका हुन् । झगडा ठूलो हुन थालेपछि दुबै टिमका खेलाडी, सुरक्षा गार्ड तथा प्रशिक्षकले अवस्था सामान्य पारे । इस्पानियोलका खेलाडी पेपे डिओपले रातो कार्ड खाँदै बाहिरिने क्रममा सुआरेजलाई आमाको अपमान गर्ने शब्द बोलेका थिए । उनले सुआरेजलाई 'I s*** on your w**** mother.' भनेका थिए । जसले रन्थनिएका सुआरेजले पछि झगडा गरिछाडे । यसअघि, २०१४ को विश्वकप खेलका क्रममा इटलीका डिफेन्डर जर्जियो केलेनीलाई टोकेर चर्चामा आएका सुआरेजले फेरि लफडा गरेका छन् । 
Captain Iniesta was soon to join the forward pairing in their celebrations after the Argentine forward's 15th goal of an injury-hit season
 
Neymar capped an excellent evening for Barcelona, scoring their fourth with an excellent volley executed after Messi's lofted pass
 
Messi's Barcelona team-mates mob him after he put his side back in control of the Copa del Rey first leg clash with a brilliant free-kick
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ