- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिंगापुर । सिंगापुरमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको चौथो खेलमा नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
चार टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकपमा छानिने छ । विश्वकपमा छानिने सम्भावना जिवितै राख्न नेपालले सिंगापुरलाई भारी अन्तरले हराउनै पर्ने हुन्छ ।
पहिलो खेलमा भने नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा मलेसियालाई ५ विकेटले हराएको नेपालले तेस्रो खेलमा अफगानिस्तानसँग १४१ रनले पराजित भएको थियो ।
एक चरणको समाप्तिसम्म अफगानिस्तान फराकिलो रनरेटसहित ६ अंक बटुल्दै शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । सिंगापुरको २ तथा मलेसिया अंकविहीन छ ।