काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (समानान्तर) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारसँग माग गरेको छ । राप्रपा नेपाल समानान्तर केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गर्दै हरेक पुस २७ गतेको दिनलाई राष्ट्रिय महत्वको दिनका रुपमा ग्रहण गर्दै, सरकारीस्तरबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय पर्वका रुपमा मनाउन माग गरेको हो । शाहको २९४औँ जन्मजयन्ती २७ गते परेको छ ।
पार्टीका प्रवक्ता सगुन सुन्दर लावतीले राष्ट्रिय एकता र अखण्डताका धरोहर पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने क्रममा सरकारबाट सो दिन बिदा घोषणा गर्न समेत माग गरेको बताए । पृथ्वीनारायणको योगदान ओझेलमा परिरहेकै बेला मुलुक असजताबाट गुज्रिरहेका बेला नागरिकहरु दलहरुप्रति आजित हुँदै गएका छन् ।