arrow

२१ महिने छोरीकी आमा बनिन् सन्नि लियोन

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
sunny-leone1.jpg

एजेन्सी । सन्नि लियोन आमा बनेकी छिन् । उनि आमा बन्ने सपना पुरा भएको छ ।केहि समय पहिले  उनले  आफु आमा बन्न चाहेको र दुई देखि तीन जना सन्तन बनाउने योजना रहेको सुनाएकी थिईन् । उनि एक छोरिको आमा बनेकी छन् । सन्नि लियोन र उनको पति डेनियल वेबरले २१ महिने छोरी लिएका छन् । महाराष्ट्रको लातूरकी यी बालिकाको नाम सन्निले निशा कौर वेबर रखेकी छन् ।


सन्नि लियोन र डेनियलले एक अन्तर्वार्तामा दुई बर्ष पहिला नै आफु धर्मपुत्र पुत्री राख्न कानुनी रुपमा निवेदन दिएको बताएका थिए ।  सन्निले भनिन् - जब हामि अनाथालय  गएका थियौ तब हामिले बच्चा लिने निर्णय गर्‍यौ । उनले भनिन् , ' मलाई सो बच्चीलाई देखेर माया जाग्यो । बच्चीको नाम निशा कौर वेबर रखेका छौ ।'

 डेनियल र सन्नि निशालाई घरमा लगे देखि नै खुशि रहेका छन् ।आमा बनेपछि सन्निले भनिन्  , 'मेरो र डेनियलको लागि यो सबै नयाँ थियो । जब हामिले निशाको तस्विर देख्यौ तब म निकै उत्साहि बने ।' सन्निले तीन हप्तामा सबै कानुनि प्रकृया पुरा गरेको बताइन् । त्यस्तै, डेनियलले भने, 'बच्चीलाई अडप्ट गर्नु भन्दा पहिले धेरै पेपर वर्क गर्नु पर्‍यो । यसको लागि करीब दुई बर्ष लागेको छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ