दिलिप खड्का, रुकुम ।नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले देशको अस्थिरता हटाउन राष्ट्रिय एकता र मिलमेलापको आवश्यकता रहेको बताईन् । नेपाल प्रेस युनिय रुकुमले आज विहान रुकुम सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले देशलाई अन्तराष्ट्रिय तत्वहरुले कमजोर बनाउन खोजेकोले यस्ता तत्वबाट जोगिन नेपालका राजनीतिक दलहरु विभाजन नहुन आग्रह गरिन् । उनले सबैले राष्ट्रिय एकता र राष्ट्रिय मेलमिलापको बाटो खोज्नु अहिलेको मुख्य विषय भएको बताईन् ।
उनले नेपालमा जारी भएको संविधानमा सवै जनताको हक अधिकार सुनिश्चत भएकाले विश्वकै उत्कृष्ट संविधान भएको पनि बताईन् । जारी सविधानमा केहि त्रुटि भएपनि सवै नेपाली जनताको अधिकार सुनिश्चत गर्दै सम्शोधन गर्न सकिने भएकाले कसैले पनि आन्दोलन नगर्न नेतृ कोईरालाले आग्रह गरिन् । उनिले आन्दोलनले देशलाई विकास निमार्ण लगायतका काममा प्रभावित पार्ने भएकाले वार्ता र संम्वादको मध्यमबाट निकास खोज्ने आन्दोलनरत दललाई आह्वान गरिन् ।
अर्को प्रसंगमा नेत्री कोइरालाले पाँच विकास क्षेत्रलाई नै प्रदेशका रुपमा स्थपित गरेको भए कुनै प्रदेशलाई पनि मर्का नपर्ने र सबै भू–भाग, जातजाति, हिमाल, पहाड र तराईलाई त्यहि राम्रोहुने धारण व्यक्त गरिन् ।नेपाली काग्रेसको रुकुमको जिल्ला स्तिरिय कार्यकता भेलामा प्रमुख अथितिका रुपमा उपस्थित हुन आएकि नेतृ कोईरालाले पार्टी अधिवेशनबाट पुराना पुस्ताले युवालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताईन् । आफु रुकुम आउदा स्वर्गिय गिरिजाप्रसाद कोईरालको स्मरण आएको बताईन् । रुकुम ,रोल्पा जस्ता ठाँउबाट देशमा द्धन्द्धको सुरुवाट भएकाले यस्लाई शान्तिप्रक्रियामा ल्याउन गिरिजा वाबुको ठुलो योगदान रहेको नेत्रि कोईलाले बताईन । उनले भनिन् “गिरिजा वावुको मृत्यु हुनु भन्दा पहिले देशमा सविधन बनाउने जिम्मा आफुहरुलाई छोडेको र देशमा सविधा बनेको तर उहाँको सपना पुरा गर्न केहि बाँकि रहेकाले अहिलेका राजनीतिक दलहरुले विर्सिन हुदैँन् ।”
यसैबीच, पार्टीको आसन्न तेह्रौँ महाअधिवेसनको सिलसिलामा मध्यपश्मिका जिल्लामा कार्यकर्ता भेटघाट तथा सुझाव संकलनमा गरिरहेको उनीले बताईन् । उनिले प्रत्येक जिल्लामा नेपाली काग्रेस पार्टिको अवस्थाको बारेमा बुझ्न आफु जिल्ला पुग्ने गरेको बताईन् । पार्टिमा भएको गुटलाई समाप्त गरेमात्र नेपाली काग्रेसले देशमा रहेको अस्थिरता , भ्रष्टचार जस्ता कार्यलाई अन्त्य गर्न सक्ने विश्वस व्यक्त गरिन् । पार्टिमा विपिको सिद्धान्लाई अहिलेका कार्यकर्ताले भुल्न नहुने पनि उनिले बताएकि छिन् ।