arrow

अरू एक हुन्छन्, हामी एकबाट दुई हुन्छौँ

logo
दानबहादुर कार्की,
प्रकाशित २०७४ साउन ७ शनिबार
dan-bahadur-karki.jpg

दोहा (कतार)। 'बर्मा गए पनि कर्मसंगै' भने जस्तै हामी जहाँ गए पनि हाम्रो आचरण सुधार्न सक्दैनौं । यहाँ कतारमा पनि हामीले देखाउने व्यवहार यस्तै छ । यहा काम गर्ने एक तिहाइ कामदार नेपाली छन् । कतारमा स्थापित धेरै जसो कम्पनीहरूमा नेपाली हरूको बाहुल्य पाईन्छ । यहाँ आप्रवासी कामदारहरू मध्ये अधिकांश  हाम्रो छिमेकी मुलुक भारत पहिलो र दोस्रो स्थानमा नेपाल तेस्रो फिलिपिन्स र बंगलादेश चौथोमा पर्छ ।

हरेक कम्पनीको प्रमुख पदहरूमा भारत र फिलिपिन्सकै अनुहार देखिन्छन । प्राय: जसो कम्पनीको प्रमुख र सम्मानीत पदहरूमा भारतीय र फिलिपिन्सनीहरू हुनुका मुख्यतया तीन कारण प्रस्ट देखिन्छ । पहिलो उनिहरूले हासिल गरेको उच्च शिक्षा, दोस्रो कार्य दक्षता र तेस्रो उनिहरूको आफ्नो देशका नागरिक प्रतिको सदाचार ।

स्थापित कम्पनी एक जना सक्षम  भारतीय या फिलिपिन्स नागरिकले रोजगारी पायो भने त्यसको एक वर्षमा उसले कम्तिमा दस जना आफ्नो नजिकालाई भित्रत्र्याउंछ । कुनै समस्या परेमा उसकै पक्षमा उभिने गर्छ ।

व्यक्ति नै पिछे फरक फरक क्षमता हुन्छ । जुन व्यक्ति आफ्नो अनुकुलको कामको खोजिमा हुन्छन यस्तो  अवस्थामा भारतिय र फिलिपिन्सनीहरू ब्यक्तिको क्षमता र योग्यता हेरेर अवसर प्रदान गर्न/गराउन माहिर साबित भएका छन ।

उनिहरुको आफ्नो देश र आफ्नो भाषी प्रतिको ममता सरहानिय देखिन्छ । भारत र फिलिपिन्सका मात्रै नभई बंगलादेश र अफ्रिकी मुलुक युगडा केनियरली नागरीकमा पनि उस्तै लगाब देखिन्छ । नेपाली नेपालीबीच पनि यस्तो आत्मियता भने नभएको भन्ने मिल्दैन तर त्यो माया भोकालाई एक छाक खाना र सुर्ती चुरोटको आदान प्रदानमै सिमित भएको देखिन्छ ।

भारत, फिलिपिन्स, बंगलादेश र युगाण्डा, केनियाबाट आएका कामदार अत्यन्त आवश्यक मानिने अन्तराष्ट्रीय "अंग्रेजी" भाषामा नेपाली भन्दा कयौं गुणा अबल हुन्ने गर्दछन् । नेपालबाट कामका लागि आउने कामदार भाषा र कामको सिपमा अरु भन्दा कमजोर मानिन्छन र हुन्छन पनि  ।

"काममा ईमानदार भए पनि कामको शिलसिलामा आन्तरीक झगडा र अनावश्यक चाकडी चापलुसीमा पनि नेपाली अबल छन" भन्छन् उर्लाबारी नगरपालिका, वडा नम्बर -४, किसान चोकका योगेन्द्र धिमाल ।

दुई वर्ष पहिले कामका लागि कतार आएका धिमाल भन्छन् -'अन्य मुलुकबाट आएका कामदारले गर्ने व्यवहार भन्दा एक नेपालीले अर्को नेपालिलाई गर्ने व्यवहार नराम्रो हुने गरेको छ ।'

हाम्रो सामाजिक धरातल कच्चा छ । परिवारको संख्या संगै परिवारको सदस्यबीच हुने बेमेल, सामुहिक परिवारबाट एकल परिवारमा जान हतारो गर्ने हाम्रो संस्कृतमा हुर्केका  हामी नेपालीहरू यहाँ भए पनि समुह बस्न कठिन हुनु स्वभाविक ठान्छन् उनि ।

अफ्रिकी फिलिपिन् र भारतीय नागरिक माथिल्लो पदमा पुग्दा त्यहा रहेका अफ्रिकी फिलिपिन् र भारतीयले केही हद सम्म आफु सुरक्षीत रहेको महशुस गर्ने गर्दछन् । एक आध नेपाली राम्रो पोजिसनमा छ भने उसले नेपालीलाई गर्ने व्यवहार राम्रो भए पनि आफुलाई नजिक बनाउन अनेक हत्कण्डा  अवलम्बन गर्नेहरूले सबैको आचरणलाई धमिलो बनाउने गर्छन् ।

अन्य मुलुक भन्दा नेपाली मुलका सुपरभाइजरसंग काम गर्न केही कठिन हुने बताउछन् भरतपुर महानगरपालिका १९,  गोपाल गन्जका रामु कुवर । काममा आउनु अघि नेपाली सुपरभाइजरको पालो नाअओस भन्ने एक मात्र कामना हामी गरिरहेका हुन्छौ भन्दै कुवरले  नेपालीहरुले आफ्नै देशवासीसंग गर्ने व्यवहार देख्दा चित्त काटिने  सुनाउछन् ।

अन्य मुलुका हाकिमहरुले हेप्दा तत्काल दुख लागे पनि अरु नै हुन भन्दै मन बुझाउने बाटो भए पनि आफ्नैले हेप्दा मन भित्रैबाट घृणा उत्पन्न हुने गरेको कुवरको गुनासो छ । कामै नगरी माम पाउने भन्ने होइन तर काममा खटाउने मान्छेको व्यवहार र भइपरिआएको बेला पाउनु पर्ने सहयोग नपाउंदा पिडाको अनुभव हुने गरेको उनको अनुभव छ ।

'घर फुटे गमार लुटे' भन्ने उखानलाई चरितार्थ गर्दै हामी नेपाली-नेपाली बिचको बेमेलको फाइदा अन्यले उठाउने गरेको कामदारहरुको कथनले पुष्टि गर्द्छ । गल्फ मुलुकहरुको ठुला-ठुला कमपनिमा समेत नेपालिहरु खाइलाग्दो पदमा समेत आशिन नभएका होइनन तर उनिहरुले अन्य मुलुकका कामदारसंग गर्ने व्यवहार र आफनै देशका कामदार संग गर्ने व्यवहारले गर्दा नेपालि कामदारहरुमा नेपाली नेपाली बिचको सम्बन्धमा  ठूलो खाड्ल खनेको प्रष्टै देख्न सकिन्छ ।



नयाँ