arrow

लागुपदार्थ दुर्व्यसनी काण्डमा फसे यी 'बाहुबली २' का कलाकार

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
subba.jpg

एजेन्सी ।  बाहुबली: 'द कन्क्लूजन’ चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । चलचित्रको चौतर्फि चर्चा पनि  भएकै हो । अब भने बाहुबलीका यी कलाकारको चर्चा भएको छ ।अभिनेता पी सुब्बाराजू हैदराबादमा लागुपदार्थ दुर्व्यसनी काण्डमा फसेका छन् ।

  शुक्रवार उनि सो काण्डको लागि 'एक्साइज एण्ड प्रोभिएशन डिपार्टमेन्ट' को बिशेष छानबिन टोलि समक्ष हाजिर भएका छन् ।  टीमका अफिसरले उनलाई लागुपदार्थ दुर्व्यसनी काण्डमा उनको संलग्नता रहे नरहेको बारे सोधेको छ ।

छानबिन टोलिले तेलुगू फिल्म इन्डस्ट्रीका १२ जनालाई नोटिस पठाएको थियो ।१९ जुलाईमा निर्देशक पुरी जग्नाध छानबिन टोलि सामुने पेश भएका थिए । त्यस्तै टोलिले २० जुलाईमा सिनेमेटोग्राफर श्यामलाई ६ घण्टा सम्म सोधपुछ गरेको थियो ।

हैदरबादमा केहि हप्ता पहिले 'एलएसडि' र 'एमडिएमए' जस्ता हार्ड ड्रग्स पाइएको थियो । सो मामिलामा  १५ लागुपदार्थ तस्करलाई समातिएको छ ।

४ जुलाई आबकारी टीमले सो कुराको खुलासा गरेको थियो । जाँचको क्रममा  डील फोनबाट मात्र नभइ व्हाट्सएप म्यासेजबाट पनि गरिएको थियो । जसमा  शिवा, जेन र सनशाइन जस्ता कोडवर्ड राखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ