arrow

जापानमा तयार भयो यो बर्षको तीजमा झ्याम झ्याम नचाउने गीत 

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
teej-dance.JPG

टोकियो । नेपाली महिलाहरुको महान पर्व हरीतालीका तीज नजिकिदै गर्दा बजार मा धेरै तिजका गीतहरु आएका छन् ।

यसैबीच जापानमै रहेर  लोकसंगीत क्षेत्र लाई माया गर्ने कलाकारद्धय यदुराम सापकोटा र सूर्य खड्काले यो बर्ष तीजमा नचाउने खालको गीत लिएर आएका छन् । 

४ जना कलाकार सुर्य खड्का ,यदुराम सापकोटा,सन्ध्या बुढा, सीता श्रेष्ठको श्वरमा सजिएको गीतमा शब्द यदुराम सापकोटाले लेखेका छन् भने लय सूर्य खड्काले बनाएका हुन् ।

त्यस्तै गीतमा अभिनय जापानमै रहेकी सुजता ज्ञवालीले गरेकी छिन्। 

गीत सबै जापानमा तयार भएर बजारमा आईसकेको छ।

सापकोटा जनसम्पर्क समिती जापान कान्तो क्षेत्रका सभापतिसमेत हुन् । 

सापकोटाले राजनिती समाज सेवा र लोकसंगीतलाई एकैसाथ लिने गरेका छन् । https://www.youtube.com/watch?v=I0-74QM3f04&feature=youtu.be



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ