arrow

क्रिकेट संघ निलम्बन फुकुवा गर्ने आइसीसीको संकेत, एक महिनाभित्र सहमति नगरे आफै कमिटि बनाइदिने 

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
can-ICC.jpg.jpeg

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा गर्ने संकेत गरेको छ ।

आधिकारिकता सम्बन्धी विवाद चरमस्थितिमा पुगेपछि आइसीसीले निलम्बन गरेकामा अब एक महिनाको मिलनविन्दू खोज्न समय दिंदै सो समयभित्र मिलनविन्दूमा सम्बन्धित पक्ष नआए आफै हस्तक्षेप गरी कमिटि बनाइदिने संकेत गरेको हो । 

शुक्रबार नेपाल आएको आईसीसीका उपाध्यक्ष ईमरान ख्वाजालगायतको टोलीले विवाद समाधानका लागि गठित सल्लाहकार समितिसंग छलफल गरी एक महिने समय दिएको हो । 

विनयराज पाण्डेको संयोजकत्वमा गठित समितिले तयार पारेको विधान मस्यौदामा क्यानका निर्वाचित अध्यक्ष चतुरबहादुर चन्द समूहले राखेको फरक मतलाईसमेत समेटेर पठाएको थियो । 

त्यसपछिमात्र आइसीसीको टोली नेपाल आएको हो । टोलीले आइतबार साँझ पत्रकार सम्मेलन गरी पछिल्लो समयको प्रगति विवरण सार्वजनिक गर्नेछ । 



नयाँ