arrow

रुवाण्डामा बस्ने नेपालीले नुवाकोटमा बनाइदिए विद्यालय

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
District-33-Nuwakot-hamrakura.jpg.jpeg
नुवाकोट। गत वैशाखको भूकम्पबाट ठूलो क्षति पुगेको नुवाकोटको तारुका गाविसको एक विद्यालयका लागि रुवाण्डामा रहेका नेपालीहरुले सहयोग पु¥याएका छन् ।  ग्रामीण विकास प्रतिष्ठान नामक गैरसरकारी संस्थाको पहलमा रुवाण्डाका विभिन्न निकायमा कार्यरत नेपालीहरुद्वारा सङ्कलित करिब रु १५ लाखको सहयोगमा तारुका श्रीकृष्ण उच्चमाविका लागि दुईवटा र तारुका श्रीकृष्ण कलेजका लागि एक भवन निर्माण गरिएको छ । 

गत वैशाखको भूकम्पबाट यस क्षेत्रका अधिकांश विद्यालय भवन पूर्णरुपमा ध्वस्त भएका थिए । करिब रु १५ लाखको लागतमा निर्माण भएका उक्त भवनबाट तारुकाका ७०० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । करिब छ हजार जनसङ्ख्या रहेको तारुका गाविसमा पिछडिएको समुदाय, दलित, महिला र अधिकांश गरिबको बसोबास रहेको छ । 

ग्रामीण विकास प्रतिष्ठानले उक्त भवन निर्माण गर्न तारुका उच्च माविका प्रधानाध्यापक रामकृष्ण अधिकारी, तारुका श्रीकृष्ण कलेजका क्याम्पस प्रमुख भरत अधिकारी र ग्रामीण विकास प्रतिष्ठानका महिला संयोजक मञ्जु प्रधान सम्मिलित समिति गठन गरेको थियो । 

करिब पाँच महिना लगाएर निर्माण गरिएका ती तीनवटा भवनबाट तारुकाका पीडित विद्यार्थीले राहत पाएको र विद्यालय तथा कलेजको अध्ययन अध्यापनको कार्य नियमित गर्न सहयोग पुगेको प्रतिष्ठानका सभापति कृष्णमान प्रधानले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ