काठमाडौं । सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपी एमाओवादीका पूर्व सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिन नमिल्ने फैसला गरेको छ । ढुंगेलका विरुद्ध परेको मुद्धामा संवैधानिक इजलासले बिहीबार उक्त फैसला गर्दै सर्वस्वसहित जन्मकैदको यसअघिको फैसला कार्यान्वयन गर्नुपर्ने फैसला सुनाएको छ ।
यसअघि नै जिल्ला अदालतले सशस्त्र द्वन्द्वकालमा श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको आदेश भएपछि पनि सभासद बनेका ढुंगेल विरुद्ध श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । ढुङ्गेललाई बाबुराम भट्टराईको सरकारले आममाफि दिने निर्णय गरेको थियो।