arrow

पोषण कार्यक्रम संघियतासंगै स्थानीय तहमा संचालन हुने

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७४ साउन ९ सोमबार
posan-dailekh.jpg

दैलेख । नेपालका २४ वटा जिल्लामा संचालन भईरहेको वहुक्षेत्रीय पोषण कार्यक्रम संविधानको कार्यान्वयन संगै नयाँ संरचनामा रहेको दैलेखको एघार वटा स्थानीयतहमा संचालन हुने भएको छ । साविकका जम्वुकाध, कट्टि, अवलपराजुल गाविसमा संचालन भएको थियो ।

हाल जिल्लाका सवै स्थानीय तहमा स्थानीय तहले वनाएको पोषण योजनालाई सहयोग गर्ने गरी कार्यक्रम संचालन हुने जिल्ला समन्वयकर्ता पवित्रा सापकोटाले वताइन् । नेपाल सरकारको नीति निर्देशीकामा रहेर काम गरेको र जिल्लामा जतीपनी संघ संस्थाहरुले पोषण सम्बन्धि कार्यक्रम गरेको भएता पनी सवैले सामुहिक रुपमा जानु पर्ने जस्ता विषयहरुलाई जनप्रतिनिधिहरुले चासोको साथ आफ्ना भनाईहरु राखेका थिए ।

 सोमबार पहिलो स्थानीयतह नारायण नगरपालिका दैलेख जनप्रतिनिधहरुलाई आगामी नगरक्षेत्रभित्र गर्नुपर्ने पोषण कार्यक्रमलाई जनताको प्रत्यक्ष स्वास्थ्य संग सरोकार राख्ने विषय भएकोले पनी गम्भिर रुपमा आ आफ्नो वडाहरुमा प्रभावकारी रुपले अगाडि वढाउने विषयमा सवैको एकमत भएका थिए ।

चौविस जिल्लाका दुई सय नब्बे स्थानीय तहमा कार्यक्रम संचालन रहेको र प्रत्येक स्थानीय तहमा दश देखी पन्ध्र लाख सम्मको वजेट जाने भएकोले पनी वडास्तरबाट योजना तर्जुमा भएर वास्तवीक जनतामाझ कार्यक्रम पुग्नेमा जनप्रतिनिधिहरु वताएका थिए । खानामा ध्यान नदिएर सन्तुलित खाना नखादा मानव शरिरमा धेरै खालको रोगहरु लाग्ने गरेको वताउदै मानव शरिरलाई चाहिने जनी खाना खानुपर्नेमा जोड दिईएको थियो । समाजमा हाल अत्याधिक मदिरा, आवश्यक भन्दा वढि माछामासु, चिल्लो पदार्थको सेवनले गर्दा विभिन्न रोगहरु लाग्ने गरेकोले पनी पोषण कार्यक्रममा चेतनामुलक कार्यक्रमहरुले यस्ता विषयलाई समेत उजागर गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।

कार्यक्रमको अध्यक्ष रहेका नारायण नगरपालिकाका प्रमुख रत्न वहादुर खड्काले कुपोषणको कारण अपांग हुने अवस्था आउन नदिन पनी सवैले यसमा ध्यान दिनु आवश्यक रहेको वताए। पोषण सम्बन्धि कार्यक्रमहरु नगरपालिकामा जतीपनी गैरसरकारी संघ संस्थाले संचालन गरेको भएपनी अर्थात संचालन गर्ने भएता पनी एकद्धार प्रणालीमा आउनुपर्ने र नगरसभाले पास गरेको क्षेत्रमा गएर कार्यक्रम संचालन गर्नुपर्ने वताउदै खड्काले नगरसभामा पास नभएर अर्थात विषयगत सात वटा समिति वनेको छ उक्त समितिबाट सिफारिस लिएर मात्र कार्यक्रम कार्यान्वयन गर्न लगाईने अन्यथा नगरक्षेत्रमा कार्यक्रम गर्न नदिने वताए ।

नारायण नगरपालिकाले स्वास्थ्यका विषयमा गम्भिर भएर लाग्ने समेत वताए। नगरक्षेत्रमा कुपोषणबाट रोगी हुन नदिन कालागि सवै जनप्रतिनिधिहरु समेत लाग्ने वताए । यसै क्रममा नगर क्षेत्र भित्र कुपोषणबाट रोगी हुन नदिन नौ वुदे प्रतिवद्धता पत्र समेत घोषणा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ