arrow

भूकम्पपीडितमाझ इभानाले भनिन्,‘यो देशमा सरकार भन्ने चिज छ कि छैन ?’

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Miss-Nepal-Evana.jpg.jpeg
भक्तपुर । मिस नेपाल इभाना मानन्धरका रसाएका आँसुलाई विहिवार उनको गगल्सले पनि छेक्न सकेन । मलिन, उदास र आक्रोस मिसिएको अनुहारलाई मेकअपले पनि छोप्न सकेन ।  उनका चमकदार र सुृन्दर अनुहारमा आएको यो एकाएक परिवर्तनको कारक तत्व भुकम्पबाट पीडित जनताको अवस्था थियो । अनि आँखा रसाउनुको कारण पनि दुःखी जनताको पीडा सुनेर हो । अनि आक्रोस भने सरकारको उदासिपना, गैरजिम्मेवारपना र हेलचक्र्याइका कारण उत्पन्न भएको हो । 

भक्तपुर नगरपालिका वडा नं ७ का वासिन्दाको टहराको वास, न्यानो कपडाको अवस्था, भग्नावशेषको अवस्था, बालबच्चा तथा बुढाबुढीको दयनीय अवस्था र पीडायुक्त बोलीबाट उनको आँखा रसाएका थिए ।  भुकम्प पीडितको पीडा सुनेपछि उनले भनिन्, ‘यो देशमा सरकार भन्ने चीज छ कि छैन । ‘ पीडा र रोदन मिसिएका आवाजमा उनले भनिन्, ‘यो सरकारले पीडितको ब्यवस्थापन अझै किन गर्दैन । यो कुराको आवाज म सम्वन्धित निकायमा पु¥याउँछु । 

भुकम्प पीडितमाझ मिस नेपाललाई ल्याउने काम एसिएन युथ सेन्टरले गरेको थियो । एसिएन युथ सेन्टरका संरषक शान्तलाल मुल्मीले भने, ‘ सरकारले गरेन भनेर आरोप लगाउँदै पीडितको पीडा हेरेर हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं, नागरिक समाजका तर्फबाट पीडितलाई मल्हम लगाउने काम हामी गर्छौं र सरकारलाई पनि आफ्नो क्षेत्रबाट दबाब दिन्छौं पनि । 

मिस नेपाल इभाना मानन्धरसँगै पैदल हिंड्दै भुकम्प पीडितमाझ पुगेका वरिष्ठ साहित्यकार तथा वाइजल्यान्ड स्कुलका प्रिन्सिपल आशाकुमार चिकंबजारले पीडितको वास्तविक पीडा देखाउँदै सवैको हातेमालोले मात्र केही गर्न सक्ने बताए ।  भक्तपुर नगरपालिका वडा नं ७ का सचिव विजय लोहलाले सरकारले स्थानीय स्तरमा भएको समस्याको अध्ययन नै नगरी नयाँ निर्माणको मापदण्ड लागू गरेकाले भक्तपुरमा २० प्रतिशत घर पनि पुनः निर्माण गराउन अप्ठेरो आइपरेको बताए । 

मिस नेपाल भक्तपुरको गोल्मढी लगाएतका षेत्रमा आइ पीडितको पीडा बुझी दुःख बाँडन आएकोमा स्थानीयले धन्यवाद ज्ञापन गरेका थिए ।  विहीवार नै एसिएन युथ सेन्टरले मिस नेपाल इभाना मानन्धरको प्रमुख आतिथ्यतामा वासिकचा र सो आसपासका भुकम्प पीडितसँग साझेदारी गरी कम्वल वितरण गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ