दाङ । रेडियो पाठशाला नारायणपुरको शैक्षीक जागरण अभियान अन्तरगत भोलीदेखी २ दिने सांस्कृति महोत्सव मावि तेघरामा सुरु हुदे छ । “समग्र त्रिपुर नगरपालिकाको बिकासका लागि रेडियो पाठशाला १०४ मेगाहर्जको शैक्षिक तथा साँस्कृतिक ऐक्यबद्धता” भन्ने मूल नाराका साथ त्रिपुर नगरपालिका १० मा रहेको नरदेवी मावि तेघरामा आयोजना गरिएको ‘माघि बिशेष साँस्कृतिक कार्यक्रम २०७२’ हुन लागेको हो ।
कार्यक्रमको भोली शुक्रवार एक कार्यक्रमकाबीच उद्घाटन गरिने मूल समिति संयोजक दिपक पाण्डेले जानकारी दिनुभएको छ । कार्यक्रमको उद्घाटन पश्चात २ दिनसम्म विविध सांस्कृतिक प्रस्तुति रहने आयोजक मूल समितिले बताएको छ । कार्यक्रममा राप्तीका हस्ती चर्चित नायिका झरना थापा, उत्कृष्ट मोडल पार्वति राई, मोडल तथा गायिका ज्योति मगर,संगितकार तथा गायक गोबिन्द मधुर आचार्य, गायक तिलक वली लगायतका अन्य कलाकारहरु पनि दाङ आउने मूल समिति संयोजक दीपक पाण्डेले जानकारी दिनुभएको छ । कार्यक्रममा हास्यकलाकारहरु लेखान्त भुसाल र विष्णु बुढाथाोकीको पनि पस्तुति रहने छ ।
यस्तै कलकारहरु हुम बहादुर डि.सि., शरद समिप, टोपेन्द्र बिष्ट, बिजय परियार, प्रकाश प्रिय कुसुम्या, बालिका लम्साल, बिक्रम थापा, मेक्सम खाति, नरेश खाति, याज्ञश्वर बस्नेत, केशव बस्नेत, याँङ्सु श्रेष्ठ, समिक्षा पौडेल, लोसिना लामिछाने, लगायतका स्थानीय कलाकारहरुको पनि कार्यक्रममा प्रस्तुति रहने छ । यसका साथै स्थानीय झाँकी जुलुस तथा नृत्यहरु पनि प्रस्तुत गरिने छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक विष्णुकुमार देवकोटाले जानकारी दिनुभएको छ । भोली बिहान ११ बजेदेखी सुरु हुने कार्यक्रममा उपस्थितिकलागी प्रचारप्रसार संयकेजक आर.के.शीतलले सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।