arrow

पर्वतको आकाशमा प्याराग्लाइडिङ्ग उड्ने

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
paraglinding.jpg.jpeg
विशन क्षेत्री, पर्वत । पर्वतको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ्ग उड्ने भएको छ । पर्वतको पर्यटनलाई टेवा पुर्‍याउन तथा प्रवद्र्धन गर्न युवा संघ नेपाल पर्वतले प्याराग्लाईडिङ्ग गर्ने भएको हो । पौषको २५ गते जिल्लाको कु.न.पा–६ दुर्लुङको सल्यान डाँडाबाट स–शस्त्र प्रहरी क्याम्पसम्म प्याराग्लाइडिङ्ग उडाईने जनाईएको छ । ब्लु स्काइ प्याराग्लाइडिङ्ग पोखराको प्राविधिक सहयोगमा सल्यान को डाँडाबाट प्यराग्यालाइडिङ्ग उडाइने युवा संघ धौलागिरी अञ्चल समन्वय समितिका कोषाध्यक्ष अर्जुन पौडेलले बताए । 
 
प्याराग्लाइडिङ्गको लागि स्थानीय प्रशासनको अनुमति लिईसकेको तथा पोखराको ब्लु स्काईसँग समन्वय भईसकेको युवा संघले जनाएको छ ।प्याग्लाइडिङ्गको उडानको खर्च प्रतिव्यक्ति पाँच हजार लाग्ने तथा उडानका लागि आवश्यक लाईट ज्याकेट लगायतका कपडाहरु भने व्यक्तिगत व्यवस्थापन गर्नुपर्ने छ । पोखराबाट पाँच ओटा प्याग्लाइडिङ्ग ल्याएर दुई चरणको उडान गरिने संघले जनाएको छ । दुई चरणको उडानमा १० जना व्यक्तिले मात्र उडान भर्न पाउनेछन् ।अग्ला र लामा झोलुङ्गे पुलले पर्वतको पर्यटनमा सहयोग पु¥याईरहँदा यसको सुरुवात गर्न सकेमा पर्वत पर्यटनको आकर्षणस्थल बन्ने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ