arrow

इन्दिरा गान्धीको जीवनीमा आधारित चलचित्र 'इंदु सरकार' प्रदशनीमा रोक लगाउन सर्वोच्चमा अपिल

logo
प्रकाशित २०७४ साउन ११ बुधबार
indu_sarkhar.png

एजेन्सी। बलिउड निर्देशक मधुर भंडारकरको चलचित्र 'इंदु सरकार' रिलीजमा  रोक लगाउन सर्वोच्च अदालतसँग माग गरिएको छ। चलचित्र २८ जलाई शुक्रबार रिलजको तयारिमा रहेको छ। चलचित्र माथि संजय गांधीको छोरि बताउने प्रिया सिंह पलले रोकको अपिल गरेकी हुन्। उनले चलचित्रका निर्देशकले मनगढन्ते तथ्य राखेको र सो तथ्य प्रति उनको आपत्ति रहेको जनाएकी छन्। प्रियाले बम्बे हाईकोर्टसँग पनि चलचित्र माथि रोक लगाउन माग गरिसकेकि छन्।

चलचित्र इन्दिरा गान्धी प्रधानमन्त्री को समय सन् १९७५ मा  भारतमा लगाइएको आपातकालिन स्थितिमा आधारित रहेको छ।

प्रियाले २१ जुलाईमा बम्बे होईकोर्टमा आवेदन दायर गरेकि छन्। उनले कोर्टसँग निर्देशक भंडारकरले चलचित्रको असलियत र कथा के हो भनेर स्पष्ट पार्न माग गरेकी छन्। उनले  सो चलचित्रबाट भंडारकरले वास्तविक पाटो नहटाएसम्म चलचित्र  रिलीजको इजाजत नदिन भनेकी छन्।  

चलचित्र 'इन्दु सरकार' लाई लिएर भारतिय कांग्रेस पार्टिका  नेताहरुबीच पनि विरोध सुरु भएको छ।कांग्रेसका वरिष्ठ नेता वीरप्पा मोइलीले भने, '' चलचित्रले कांग्रेसिहरुको भावनामा ठेस पुग्नेछ। यसमा त्यहि छ जुन अहिलेका प्रधानमन्त्री नरेंद्र मोदी चाहान्छन् । यसले उनलाई पनि दुख पुग्नेछ।''

 निर्देशक  भंडारकर भन्छन्- ''चलचित्रले आजका युवा पिढिलाई सन् १८७५मा भएको आपतकालिन स्थितिको बारेमा जान्न सकुन भन्ने लक्ष् हो । यसमा ३० प्रतिशतमा वास्तविक घटनामा आधारित छ , बाकी फिक्शन (काल्पनिक) हो। यसले त्यागको भावना पनि सिर्जना गर्नेछ।''



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ