arrow

स्वास्थ्यमा गिरिराजको तेस्रो इन्ट्रि, सुरुमा डा. केसीको माग सम्बोधन

logo
प्रकाशित २०७४ साउन ११ बुधबार
giriraj.JPG

काठमाडौं । स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले चिकित्सा क्षेत्रको सुधारको माग राखेर अनसन बसेका डा. गोविन्द केसीको माग सम्बोधनलाई प्राथमिकता दिने बताएका छन् । स्वास्थ्यमन्त्रीको सपथ पछि पदभार ग्रहण गर्न मन्त्रालय पुगेका  मन्त्री पोखरेलले नयाँ स्वास्थ्य नीति समेत बनाउने बताएका छन् ।

यसअघि स्वास्थ्यमन्त्री भएका गगन थापाले स्वास्थ्यका क्षेत्रमा थुप्रै नीतिगत सुधार गरेकाले पोखरेललाई पहिले भएका प्रगति संस्थागत गर्न र नयाँ नीति अख्तियार गर्न चुनौती हुनेछ । पदभार ग्रहणपछि मन्त्री पोखरेलले भने, ‘डा. गोविन्द केसीले अनसन सुरु गरेकोबारे जानकारी पाएँ । उहाँका मागलाई म प्राथमिकतामा राखेर काम गर्छु ।’

पोखरेल पहिलो पटक स्वास्थ्यमन्त्रालय सम्हाल्न पुगेका भने कोइनन् । उनी योसहित तेस्रो पटक स्वास्थ्यमन्त्री बनेका हुन् । पोखरेलले शिक्षाको जिम्मेवारी पनि लिइसकेका छन् । डा. केसीको माग सम्धोन गर्न भन्दै पोखरेलले नै डा. भगवान कोइराला उपाध्यक्ष रहेको चिकित्सा आयोग गरेका गरेका थिए । जुन आयोगले दिएको प्रतिवेदनका आधारमा बनेको चिकित्सा शिक्षा विधेयक संसदमा विचाराधिन छ ।

पोखरेलले संविधान प्रदत्त आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र सबैको पहुँचमा लैजाने आश्वासन समेत दिए । उनले भूकम्पले क्षतिग्रस्त स्वास्थ्य संरचनाको पुनःनिर्माण र निःशुल्क औषधिको व्यवस्थालाई पनि प्राथमिकता राखेर काम गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ