arrow

पण्डितको स्वास्थ्यमा सुधार

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Lalbabu-Pandit.jpg.jpeg
काठमाडौं। मधुमेह र उच्च रक्तचापको समस्या आएपछि आइतबार साँझ नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा भर्ना भएका पूर्वमन्त्री लालबाबु पण्डितको स्वास्थ्यमा  सुधार हुदैं आएको छ ।
 
एमाले नेता समेत रहेका पर्वमन्त्री पण्डितलाइ विगत केही महिनादेखी मधुमेह र उच्च रक्तचापको समस्याले अस्पतालमा भर्ना भएका हुन् । नेता पण्डितको स्वास्थ्यमा सुधार हुँदै गएको उनका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए । अस्पतालका प्रमुख डा विमल थापा लगाएतका टोलीले उपचार गर्दै आएको छ ।
 
अस्पताल स्रोतका अनुसार नेता पण्डितको दुवै आँखामा मोतिबिन्दु देखिएको हो । स्वकीय सचिव आलमका अनुसार नेता पण्डितको करिब एक सातापछि तिलगङ्गा अस्पतालमा दुवै आँखामा शल्यक्रिया गर्न चिकित्सकले सुझाए दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ