arrow

राष्ट्रिय टिम तयारीमा रहेका १४ खेलका २६८ खेलाडीलाई खेल पोशाक वितरण

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार

काठमाडौ । मिसन सागदेखि ओलम्पिक परियोजनाअन्तर्गत राष्ट्रिय टिम तयारीमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई बिहीबार खेल पोशाक वितरण गरिएको छ ।

राष्ट्रिय टिम तयारीका विभिन्न १४ खेलका २ सय ८६ खेलाडी र ६० प्रशिक्षक गरी जम्मा ३ सय ४६ लाई ट्रयाक्स सुट र क्याप वितरण गरिएको हो । 

हाल एथलेटिक्स, उसु, कराते, तेक्वान्दो, जुडो, बक्सिङ, भारोत्तोलन, आर्चरी, कुस्ती, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, पौडी र ट्रायथलनका खेलाडीहरु राष्ट्रिय टिम तयारीमा छन् । 

पछिल्लोपटक राष्ट्रिय टिम तयारी गत फागुन २६ गतेदेखि सुरु भएको थियो ।

 राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, सदस्यहरु उपेन्द्र पौडल र अर्जुनबहादुर केसीलगायतले उनीहरुलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रममा उपाध्यक्ष शेर्पाले खेलाडीबाट पदकको आशा गर्ने हो भने उनीहरुलाई पर्याप्त मात्रमा अवसर पनि दिनु पर्नेमा जोड दिए ।

सदस्य–सचिव विष्टले खेलाडीको प्रशिक्षणका विषयमा बुझ्ने उद्देश्यले खेलाडीलाई भेला गराएर सामाग्री हस्तान्तरण गरेको बताउदै राष्ट्रिय टिमका खेलाडीको सुविधाका लागि परिषद्ले स्पोर्ट्स बस सञ्चालन गर्ने तयारी गरेको बताए । 

उनले मंसिरमा च्याम्पियनसिप आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष प्रशिक्षणमा राखिने बताए ।

राष्ट्रिय टिम तयारीका निर्देशक रिम रानाभाटले आगामी साग, एसियाली र ओलम्पिक खेलकुदको तयारीलाई ध्यानमा राखि प्रशिक्षण सुरु गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ