arrow

गिरिजाबाबुको मन्त्रले सुजाता 'हिट'

कार्यकर्ताको तालीले सुजाता उत्साहित

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
sujata-koirala-rukum.jpg.jpeg
माया नेपाल, काठमाडौं। नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला अहिले पश्चिम नेपालको भ्रमणमा छिन। सुदुरपश्चिमको दार्चुलादेखि पूर्वको भ्रमणमा निस्किएकी कोइराला बिहिवार रुकुमको भ्रमण सकाएर दाङ झर्दै थिइन। रुकुमको भ्रमण सकाउँदै गर्दा उनले १३ जिल्लाका स्थानीय नेता कार्यकर्ताहरुसँगको अन्तर्क्रिया सकाएकी थिइन। सुजाता जहाँजहाँ गइन स्थानीय सभासद र काँग्रेसका केन्द्रीय तहका स्थानीय नेतालाई सँगै लिएर गएकी थिइन। महाधिवेशनको मुखमा जिल्ला दौडाहामा निस्किएकी सुजातालाई स्थानीय नेता कार्यकर्ताले गरेको हार्दिकतापूर्वकको स्वागतले हौसिएकी छिन। 
 
रुकुमबाट सल्यान झर्ने क्रममा टेलिफोनमा हाम्राकुरा डटकमसँग कुरा गर्दै सुजाताले भनिन 'कार्यकर्ताको साथ र स्वागतको निकै गह्रौ भारी बोकेर फर्कदैछु।' उनले थपिन 'म निकै उत्साहित छु। यो उर्जालाई सँगालेर आउने दिनमा थप कार्यक्रमको तय गर्छु। '
 
पूर्वका कार्यक्रममा जाँदा पार्टी सभापति उठ्ने घोषणा गरेकी सुजाताले पश्चिममा जाँदा केही सम्हालिएर प्रस्तुत भएकी छिन। उनले प्रत्येक कार्यक्रममा सभापतिमा उठ्ने कुरा छुटाएकी त छैनन तर त्यसलाई घुमाउरो पारामा राखेकी छिन। उनले भनिन 'सभापतिमा उठ्ने मेरो इच्छा यूवाहरुको लागि हो। अब यूवा पहिलाका नेता कार्यकर्ता जस्तो पूर्णकालीन कार्यकर्ता र नेता हैन व्यवसायीक बन्नुपर्छ। अबका यूवाले राजनीति मात्र गर्ने हैन पढ्ने र व्यवसाय पनि गर्ने हो।'
 
' बीपी कोइराला रउहाँका समकालिनहरुले शुरु गरेको काँग्रे्समा गिरिजाबाबुको संगठन, गणेशमान सिंहको त्याग र किसुनजीको समर्पण अबको काँग्रेस नेतृत्वमा चाहिएको छ। त्यो कुरा मैले साथीहरुसँग राखेको छु ' सुजाताले सुनाइन। 
 
गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष गिरिजा प्रसाद कोइरालाले जीवन पर्यन्त राष्ट्रिय एकता, सहमति, सहकार्य र एकताको कुरा गरेको र आजको दिनमा पनि त्यो त्यतिकै सान्दर्भिक भएको स्थानिय नेता कार्यकर्तामा सुनाउँदा उनले सबै ठाउँमा प्रसंसा पाइन। गिरिजाबाबुले दिएको राष्ट्रिय एकता, सहमति, सहकार्य र एकताको मन्त्र साथीहरुसँग राख्दा सबैभन्दा बढी ताली पाउने गरेको सुनाउँदै सुजाताले भनिन ' वास्तवमा हाम्रो खाँचो यहि नै हो। यो नै राष्ट्रिय आवश्यकता हो।' 
 
हुन पनि रुकुमको आमसभा होस वा दैलेखको कार्यक्रम, दार्चुलाको कार्यकर्ता भेला जहि पनि उनले भनेको गिरिजाबाबुको त्यो मन्त्र हिट भएको छ। यहि कुरा सुन्दा कार्यकर्ताहरु ताली पड्काउछन। नेतालाई कार्कयकर्ताको ताली पाएपछि के चाहियो र! कार्यकर्ताको यहि तालीले उनले गिरिजाबाबुले अन्तिम समयमा भन्ने गरेको ग्राण्ड डिजाइनकर्ताहरुलाई परास्त गर्ने कुरामा विश्वास पनि बढ्छ। तर यो पार्टीको मात्र कुरा हैन। यो राष्ट्रिय मुद्धा हो । राष्ट्रिय मुद्धामा सबै नेपाली एक हुनुपर्छ भन्ने उनको मान्यता छ। यहि कुरा उनले रुकुमको बिहिवारको कार्यक्रममा पनि भनिन। 
 
काँग्रेसले संविधान निमार्णमा लिएको नेतृत्वदायी भुमिकालाई पनि कार्यकर्तामा प्रष्ट रुपमा राख्नुपर्ने देखेकी सुजाताले जहाँ जहाँ गइन त्यो ठाउँमा पार्टीका बारेमा उठेका भ्रम निवारण गर्ने कुरामा यात्रामा रहेका नेता कार्यकर्तासँग मिलेर प्रयास पनि गरिन। रुकुममा सभासद हृदयराम थानी, तप्त बिष्ट लगायतले उनलाई साथ दिए। काँग्रेस नेताहरु यज्ञ पाठक, जनक गिरी, बृन्दा राना लगायतका सभासद र नेताहरुले उनलाई मध्य र सुदुर पश्चिमको यात्रामा साथ दिइरहेका छन्। 
 
शुक्रवार काठमाडौं फर्केर पश्चिम तराइका जिल्ला हुँदै पहाडी जिल्ला भ्रमणमा जाने तयारीमा पनि छिन। तर त्यता जानुअघी सुप र मध्य पश्चिमको भ्रमणको समिक्षा पनि उनले गर्न चाहेकी छिन। 
 
भ्रमणमा उनले नेपाली काँग्रेस बलियो नै पाइन। इतिहासदेखि बलियो काँग्रेस केहि कमजोर पनि हुँदै गएको छ। सधै इतिहास भजाएर मात्र हुन्न। उनले भनिन ' अब इतिहासबाट सिक्दै नयाँ परिस्थितिको सामना गर्न र काँग्रेस एक भएर जानुपर्छ। ' तर महाधिवेशनमा काँग्रेस नेताहरु प्रतिष्पर्धामा उत्रने कुरालाई उनले आन्तरिक प्रतिष्पर्धाको रुपमा लिनुपर्ने बताइन। वास्तवमा काँग्रेसको गाउँगाउँमा माहौल आएको छ। सबैतिर काँग्रेसको कुरा भएको छ। एउटा जीवन्त अभ्यास भइरहेको छ। लोकतन्त्रलाई बलियो बनाउने कुरा पनि त होनी सुजाताले भनिन। 
 
यात्राका क्रममा जति कार्यकर्ताहरुसँग भेटिन, कुरा गरिन। जति उनीसँग कुरा गर्न आए। तस्विर खिचाउने साथीहरु आए। सबैको कुरा सुन्दा धेरैले गिरिजाबाबुलाई सम्झिएको पाइन। उनलाई धेरैले सुनाए यो बाटो गिरिजाबाबुको पालामा बनेको यो योजना उहाँले पारिदिनुभएको आदिआदि। गिरिजाबाबुको त्यहि बिकासप्रेमले पनि स्थानीयस्तरमा उहाँलाई जिउँदो बनाएको रहेछ। गिरिजाबाबुको कुरा स्मरण गराउँदा माहौल नै भावुक पनि हुन्थ्यो सुजाताले सम्झिइन। 
 
अहिले पनि गिरिजाबाबुको त्यहि विरासतलाई धान्ने नेतृत्व काँग्रेसलाई आवश्यक छ। साथीहरुसँगको कुरामा शुसिल कोइराला नेतृत्वको संस्थापन टीम वलियो भएको पाएको बताइन। उनले भनिन ' तर त्यसका लागि संस्थापनका धेरै आकांक्षीहरुको व्यवस्थापन भने गर्नुपर्छ। '



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ