arrow

उर्जा स‌ंकट अन्त्यका लागी विद्युत् उत्पादनमा जोड

ऊर्जा सङ्कटलाई समाधान गर्ने निर्णय

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
ऊर्जा-सङ्कट.jpg.jpeg
काठमाडौं । लगानी बोर्डले जलविद्युत् उत्पादनमा जोड दिई ऊर्जाको वर्तमान सङ्कटलाई समाधान गर्ने निर्णय गरेको छ । 
 
नयाँ बानेश्वरस्थित बोर्डको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विहीबार भएकोमा ठूला जलविद्युत् परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्नेबारेमा छलफल भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले जानकारी गराएका हुन् । 
 
बैठकमा पश्चिम सेती, अरुण तेस्रो, माथिल्लो तामाकोसी, माथिल्लो कर्णालीलगायत जलविद्युत्का ठूला परियोजनालाई कसरी अघि बढाउने र निर्धारित समयमै सम्पन्न गर्नेबारेमा छलफल भएको उहाँले बताए । बोर्डले समग्र विकासका लागि प्रतिवेदन तयार गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ । 
 
बैठकमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदार, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेललगायत सहभागी भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ