arrow

नगरपालिकामा कर्मचारी पदपूर्ति गर्न नसक्दा समस्या

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
सन्धिखर्क-नगरपालिका.jpg.jpeg

अर्घाखाँची । सन्धिखर्क नगरपालिकालाई नमुना नगरपालिकाका रुपमा विकास गरिनुपर्ने  आवाज उठेको हो । जिल्लाको एक मात्र नगरपालिकालाई समृद्ध बनाउन सबै क्षेत्रको सहयोग खाँचो रहेको बताएका हुन् । स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा कर्मचारीलाई ठूलो बोझ थपिएको हो ।

प्रजिअ सुरेन्द्र पौडेलले पूर्वाधार विकासले मात्र समग्र विकास नहुने भन्दै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिनुपर्ने बताए । स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले सहरी सौन्दर्यका लागि सरसफाइ महत्वपूर्ण पाटो भएको बताउनुभयो । नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले नगरपालिकामा कर्मचारी पदपूर्ति गर्न नसक्दा समस्या उत्पन्न भएको छ भनेका हुन् । 
 
नेपाली काग्रेंसका जिल्ला सदस्य कृष्ण खनालले नगरपालिकालाई नमुनायोग्य नगरपालिका बनाउनका लागि राजनीतिक पार्टी इमान्दार बन्नुपर्ने बताए । नेकपा (एमाले)का सचिव रामबहादुर चौहानले नगरपालिकाभित्र मनपरी ढङ्गले जग्गा प्लटिङ र अव्यवस्थित सहरीकरण भएकाले यसलाई तत्काल रोक्नुपर्ने सुझाव दिए । एमाओवादीका कोषाध्यक्ष छमकुमारी खनालले लक्षित वर्गको रकम लक्षित वर्गसमक्ष पुयाउनुपर्ने बताए ।राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले नगरपालिकाबाट भएका कामकारबाहीलाई ठीक ढङ्गले अनुगमन नगर्दा काम प्रभावकारी हुन नसकेको बताए । 
 
कार्यक्रममा अन्य वक्ताले नगरपालिकाबाट हुने काम प्रभावकारी हुनुपर्ने जोड दिएका थिए । कार्यक्रम रिपोर्टर्स क्लब अर्घाखाँचीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ