arrow

अनशनकारीमय बन्दै काग्रेंस मुख्यालय

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
काग्रेंस-केन्द्रीय-कार्यालय-सानेपा.jpg.jpeg
काठमाडौं। काँग्रेसको १३औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यताका सम्बन्धमा विभिन्न माग राखी अनशन गर्ने नेता – कार्यकर्ता दिनहुँ थपिँदै गएका छन् । 
 
 काग्रेंस केन्द्रीय कार्यालय सानेपामा  विभिन्न जिल्लाका नेता कार्यकर्ताको अनशन जारी रहेकामा आजदेखि कैलाली जिल्ला पनि थपिएको छ । कैलाली काँग्रेसमा आफ्ना पक्षका नयाँ क्रियाशील सदस्यता नियतवश सदर नगरिएको भन्दै संस्थापन पक्षका गोविन्दराज जोशी, जङ्गबहादुर साउद, यज्ञनिधि कोइराला, कालकृष्ण न्युरे, क्षितिज भण्डारीलगायतले आजदेखि रिले अनशन सुरु गरेको बताएका छन् । उनले काँग्रेस कैलालीद्वारा केन्द्रमा दर्ता गराइएका सबै नयाँ क्रियाशील सदस्यता फाराम सदर गर्नुपर्ने र मनोमानी पक्षपातपूर्ण व्यवहार अन्त्य गरी समान न्याय स्थापित गर्न माग गर्दै अनशन सुरु गरिएको बताए । 
 
यसअघि काँग्रेस केन्द्रीय कार्यालयमा डोल्पा काँग्रेसका सभापति टङ्कप्रसाद उपाध्यायले जिल्लाबाट पठाइएको सदस्यतालाई हुबहु लागू गर्नुपर्ने अडानका साथ आमरण अनशन बस्नुभएको छ भने केन्द्रीय सदस्य मोहम्मद अफ्ताफ आलम रौतहट पार्टी सभापति कृष्ण यादवले पार्टीको विधानको पालना नगरी क्रियाशील बाँडेको भन्दै अनशनमा छन् । त्यस्तै काग्रेंसका केन्द्रीय सदस्य बलबहादुर केसी र सोलुखुम्बु पार्टी सभापति आङ्गेलु शेर्पाले एकलौटी ढङ्गले विधि, विधान र नियमावलीलाई मिचेर क्रियाशील सदस्यता वितरण गरेको भन्दै अनशन बस्नुभएको छ ।
 
 केन्द्रीय सदस्य केसीले क्रियाशील सदस्यलाई मान्यता नदिनुपर्ने अडानका साथ रिले अनशन थालेको केही दिनपछि सोलुखुम्बुाका आङ्गेलु शेर्पा र रौतहटका पार्टी सभापति कृष्ण यादवले आफूले केन्द्रलाई बुझाएको सदस्यतालाई नै आधिकारिता दिनुपर्ने भन्दै अनशन थाल्नुभएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ