arrow

नेपाली टोलीले जापानमा पाँच मन्त्रीपूर्ण फुटबल खेल्ने

logo
प्रकाशित २०७४ साउन १४ शनिबार
football-new.jpg

काठमाडौं । प्रशिक्षणका लागि जापान जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोलीसँग पाँच वटा मैत्रीपूर्ण फुटबल खेल्ने कार्यकालिका बनेको छ ।

एसियन कप छनोटअन्तर्गत् ताजकिस्तानविरुद्धको फुटबलका लागि तयारी गरिरहेको नेपालले जापानका विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीहरुसँग पाँच वटा मैत्रीपूर्ण फुटबल खेल्ने कार्यतालिका बनेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुको कोजीले एसियन कप छनोटअन्तर्गत् ताजकिस्तानविरुद्धको खेलका लागि २९ खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा रहेका २९ मध्ये २४ खेलाडी जापान जाने छन् ।

एसियन कप छनोटको तेस्रो खेलमा नेपालले आगामी भदौमा ताजकिस्तानसँग खेल्ने तालिका छ । नेपाल पहिलो खेलमा फिलिपिन्ससँग पराजित हुँदा दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेल्यो ।

घरेलु मैदानमा हुने ताजकिस्तानविरुद्धको खेलका लागि जापानबाट फर्किएपछि नेपालको अन्तिम टोली सार्वजनिक हुनेछ ।
जापानको १० दिने भ्रमणमा निस्कन लागेको नेपाली टोली २९ गतेमात्रै  प्रस्थान गर्नेछ ।



नयाँ