राष्ट्रवादी विद्यार्थी संघको चेतावनीः ‘जनक शिक्षा साम्रगी केन्द्रको भष्ट्रचारबिरुद्ध अख्तियार जान्छौ’
प्रकाशित २०७४ साउन १५ आइतबार
512
Shares
काठमाडौं। राष्ट्रवादी विद्यार्थी संघले जनक शिक्षा साम्रगी केन्द्र सानोठिमी भक्तपुरमा पाठ्यपुस्तक छपाई तथा वितरणमा व्यापक अनियमितता भएको आरोप लगाएको छ। आईतबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएको हो। संघका अध्यक्ष उज्वल पोखरेलले सानोठिमिले नौटंकी नाच प्रर्दशन गरिरहेको आरोप लगाए।
सानोठिमी भक्तपुर लाखौ विद्यार्थीको भविष्य केन्द्र भएको बताउँदै अध्यक्ष पोखरेलले भने‘यसभित्र अनेकौ प्रकारका अनियमितता छन्, हामी त्यसको पर्दाफास गर्नको लागि लडिरहेकाछौ।’
उनले अघि थपे,‘वर्षौदेखिको व्याप्त भष्ट्रचारको अन्त्य, समयमै पाठ्यपुस्तक वितरण गर्नुपर्ने, र पाठ्यपुस्तकमा रहेका त्रुटीहरु सच्याउनुपर्ने लगायतका माग राख्याौं त्यसको बेवास्ता गर्दै उल्टै हामीमाथि दादागिरी मच्याईएको छ, प्रहरी प्रशासनले दमन गरेको छ, हामी एक÷दुई दिन फेरी पनि माग सम्बोधन गर्नको लागि अनुरोध गछौँ, यदि सुनुवाई भएन भने अख्तियार दुरुपयोग अनुशन्धान आयोग जान्छौँ।’
संघले अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन तत्काल गर्नको लागि सरकारसँग माग गरेको छ। कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र गजुरेलले गत १२ गते माग पुरा नभएको कारण शान्तिपूर्ण आन्दोलनमा उत्रेका विद्यार्थीमाथि कर्मचारी युनियनका साथीहरुले हातपात गरेको गुनासो पोखे।
उनले भने,‘हाम्रो संघकी उपाध्यक्ष रिना खत्री उक्त दिन घाईते हुनुभएको छ, यस्तो स्थितिमा पनि हामी संयममित भयौँ, यसैलाई हाम्रो कमजोरी कसैले सोचेको छ भने त्यो भुल हो, हामी हाम्रा मागप्रति बफादार भएर अघि बढ्नेछौँ, बरु हामी नष्ट हुनेछौँ, भ्रष्ट्रको बिरुद्धमा निरन्तर लडिरहनेछौँ।’
त्यस्तै संघका उपाध्यक्ष मनोज नेपालले जनक शिक्षा केन्द्र सानो ठिमिले पाठ्यपुस्तक छपाई तथा वितरणमा भष्ट्राचार गरेको ठोकुवा गरे। उनले भने,‘सानो ठिमीमा भएको अनियमितता सम्बन्धि सत्य जानकारी बाहरि ल्याउन र समयमै पाठ्यपुस्तभित्रका कम्जोरी सच्याउनसँगै समयमै पुस्तक देशका सबै स्थानमा पुर्याउनको लागि हाम्रो संगठनले तिनदिने समयसिमा दिएको थियो तर त्यो समय भित्र सानोठिमीले वेवास्ता गरेका कारण आज हामी पत्रकार सम्मेलन गर्नुपरेको हो, कर्र्मचारी यूनियन र प्रहरीको दमन खेप्नु परेको कारण आज हामी बाहीर आएका छौ।’
महामन्त्री विजय काफ्लेले सानोठिमीभित्र कर्मचारी नियूक्ती मनोमानी रुपमा भैरहेको बताए। उनले भने,‘कर्मचारी नियूक्ति योग्यताका आधारमा भएको छैन्, केही कर्मचारी राजनीतिक भागबण्डाको आधारमा नियूक्ति भएका छन्, हाम्रो संगठन योग्यताको आधारमा कर्मचारी नियूत्ति हुनुपर्छ भन्नेमा छ।’