- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लन्डन । इंगलिश फुटबल क्लव म्यानचेस्टर युनाइटेडले चेल्सी मिडफिल्डर नेमान्जा माटिकलाई भित्र्याउन लागेको छ । म्यानचेस्टरका म्यानेजर होजे मौरिन्होले सर्वियन खेलाडी माटिकलाई ४० मिलियन पाउण्डमा भित्र्याउन लागेको जनाएका छन् । २८ वर्षीय माटिकले आइतबार मेडिकल परीक्षणसमेत पूरा गरेका छन् ।
माटिक आउने भएसंगै मौरिन्होले गालातसारेका मिडफिल्डर फेलियानीलाई ल्याउने सोचलाई खारेज भएको जनाएका छन् ।
म्यानचेस्टरले यो सिजनमा यसअघि बेनेफिकाबाट डिफेन्डर भिक्टोर लिन्डेलोफलाई र इभर्टनका स्ट्राइकर रामेलु लुकाकुलाई क्लवमा भित्र्याइसकेको छ ।