arrow

इंग्ल्याण्ड महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा, ४३ वर्षपछि हरायो फ्रान्सलाई 

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
england-france.jpg

हल्याण्ड । इंग्ल्याण्ड महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हल्याण्डमा भएको खेलमा आइतबार राति फ्रान्सलाई १–० ले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान बनाएको हो ।

इंग्ल्याण्डलाई विजयी गराउन जोडी टेलरले ६० औं मिनेटमा निर्णायक गोल गरिन् । हंग्ल्याण्डले ४३ वर्षपछि पहिलो पटक फ्रान्सलाई हराएको हो । टेलरले च्याम्पियनसिपमा ५ गोल गरिसकेकी छिन् । 

योसंगै इंग्ल्याण्ड २२ वर्षपछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो । इंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि आयोजक नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्ने छ । 

अर्को सेमिफाइनलमा अस्ट्रिया र डेनमार्क भिड्ने छन् । स्पेनलाई टाइब्रेकरमा ५–३ ले हराउँदै अस्ट्रियाले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

निर्धारित र थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । डेनमार्कले जर्मनीलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । 

Taylor of England and Arsenal buries the opening goal, her fifth goal of the tournament, against goalkeeper Sarah Bouhaddi

 

The England team flood onto the pitch following the final whistle after sealing their first win over France since 1974

France's Armandine Henry and Laura George look dejected as they fail to break down a resolute England defence French players console one another following the final whistle as they absorb a crushing defeat



नयाँ