arrow

बैंकको ऋण तिर्न नसकेर यो के गरिन् चिनियाँ महिलाले !

logo
प्रकाशित २०७४ साउन १६ सोमबार
china_women.jpg

एजेन्सी ।  बैंकको ऋण तिर्न नसकेर एक चिनियाँ महिलाले  यस्तो गरिन‍् कि सो देखेर प्रहरी अचम्ममा परेको छ । वुहान शहर बस्ने  हू नाजुआन माथि २५ मिलियन युआन (३.७१ मिलियन डलर) को ऋण रहेको थियो । त्यसबाट जोगिन ५९ बर्षिय हूले आफ्नो  प्‍लास्टिक सर्जरी गराइन् ।   

चीनको समाचार एजेन्सी सिन्‍हुआकाका अनुसार , एक स्‍थानीय अदालतले हूलाई ऋण तिर्न आदेश दिएको थियो । सो आदेशपछि उनि वुहान शहर छोडेर शेजेन शहर पुगिन् । उनलाई सोहि स्थानबाट प्रहरीले पक्राउ गरेको हो । हूलाई प्रक्राउ गर्ने एक प्रहरीले अचम्म मान्दै भने - 'हामि सबै छक्क पर्‍यौ ।  ५९ बर्षिय सो महिला ३० बर्षिय जस्तो देखिन्थिइन् । हामिसँग उनको जुन तस्विर थियो उनि त्यो भन्दा भिन्न देखिन्थिइन् ।'

 गिरफ्तारपछि हूले अन्य मानिसको परिचय पत्र प्रयोग गरेर यात्रा गर्ने गरेको स्‍वीकार गरेकि छन् । हूले बैंकको कार्डबाट पैसा झिकेर प्‍लास्टिक सर्जरी गराएकी थिइन् । पछिल्लो समय चीनमा बैकको कर्जा नतर्नेहरुको संख्या बढ्दो छ ।

वुहान शहरमा कर्ज नतिर्ने मानिसहरु माथि सरकारले कर्वाहि सुरु गरेको छ ।सो क्रममा अहिलेसम्म १८६ जना मानिसहरुलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ