arrow

दाहालको बैंकक भेटघाट बढ्यो

राजदूतसंग परामर्श

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
Dahal-FNL.jpg.jpeg
काठमाडौं । बैंकक भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भेटघाटमा व्यवस्त छन् । दाहालले विहान बैंकक स्थित नेपाली दूतावासमा थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीसंग भेट गरेका छन् । अधिकारीले दाहालसहितको नेपाली टोलीलाई भव्य स्वागत गरे । अधिकारीले थाइल्याण्डमा रहेका नेपालीबारे दाहललाई जानकारी गराए ।
 
यसअघि दाहालले पार्टी सचिव वर्षमान पुनको उपचारमा सम्लग्न चिकित्सकहरुसंग परामर्श गरेका थिए । दाहाल बुधबार मात्रै बैंककमा उपचार गराईरहेका पूर्व अर्थमन्त्री पुनलाई भेट्न पत्नी र पुत्र प्रकाशसंगै सभामुख ओनसरी घर्तीको अभिभावक बनेर थाइल्याण्ड प्रस्थान गरेका थिए । दाहालको भ्रमणबारे अन्य नखुलेपनि एक साता लामो बसाइका क्रममा दाहाल भेटघाटमा व्यस्त हुने बताइएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ