arrow

उपत्यकाका सरकारी अस्पतालमा अनुगमन, जनशक्ति र औषधालयमा पर्याप्त औषधिको अभाव 

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
health-ministry.jpeg

काठमाडौं । स्वास्थ्य मन्त्रालयको उच्चस्तरीय टोलीले सोमबार उपत्यकाका सरकारी केन्द्रीय अस्पतालको अनुगमन गरेको छ । स्वास्थ्यमन्त्री पोखरेलले बिहान मन्त्रालयमा सचिव, महाशाखा प्रमुखलगायतको बैठक बोलाएर ती अस्पतालमा जनशक्ति, उपकरण, भौतिक अवस्था, औषधालयमा औषधिको उपलब्धता, निःशुल्क कार्यक्रमको अवस्था, सेवा प्रवाहलगायत जनसरोकारका विषयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि टोली अनुगमनमा गएको हो । 

प्रमुख विशेषज्ञ डा पुष्षा चौधरी, प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठ र अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा खटिएको तीन छुट्टाछुट्टै टोलीले काठमाडौँ, ललितपुर र भक्तपुरका अस्पताल र जनस्वास्थ्य कार्यालयमा अनुगमन गरेको टोलीका सदस्य डा भोलाराम श्रेष्ठले जानकारी दिए । 

अनुगमनका क्रममा धेरैजसो अस्पतालमा जनशक्ति र औषधालयमा पर्याप्त औषधिको अभाव देखिएको बताइएको छ । 

टोलीले अनुगमन गरी मन्त्रीलाई जानकारी गराएपछि अगाडि योजना कसरी बनाउने भन्ने खाका तयार हुने बताइएको छ । 

मन्त्री पोखरेलले मंगलबार साँझ ५ः०० बजेसम्म उपत्यका बाहिरका सरकारी अस्पताल, स्वास्थ्य संस्थाको अवस्था, सेवा प्रवाह, निःशुल्क कार्यक्रम, स्थानीय तहमा स्वास्थ्य संस्थाको अवस्था र संघीयतामा स्वास्थ्य संस्थाबारे गरिएको तयारीबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ