arrow

खेलकुदको विकासमा सक्दो सहयोग गर्छुः मन्त्री केसी

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
Rajendra-Kumar-KC.jpg

काठमाडौं।युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलकुदको विकास र विस्तारमा आफुले सक्दो पहल गर्ने बताएका छन्।
 
मंगलबार  त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का साथै सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको भौतिक पूर्वाधारको निरीक्षणका क्रममा मन्त्री केसीले अन्तर्राट्रिय जगतमा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र भएकाले यसको विकासमा पहल गर्ने बताएका हुन् ।

निरीक्षणका क्रममा मन्त्री केसीले खेलाडीलाई प्रतिस्पर्धी बनाउनका लागि के गर्न सकिन्छ र तालिममा के कस्ता समस्या छ भन्ने पहिचान गर्न आवश्यक रहेको समेत बताएका छन्।

मन्त्री केसीले  कराँते, एथ्लेटिक्स, तेक्वान्दो, बक्सिङलगायत खेलका राष्ट्रिय टोलीको पनि निरीक्षण गर्दै  टोलीको तयारीका बारेमा सम्बन्धित खेलका प्रशिक्षकसँग कुराकानी समेत गरेका थिए । 
 



नयाँ