arrow

अजय देवगनका यी तस्विर जो कसैलाई चाहँदैनन् देखाउन

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
ajay-devgan4_1501508.jpg

एजेन्सी। अजय देवगनको चलचित्र 'दृश्यम' रिलिज भएको २ बर्ष पुरा भएको छ। ३१ जुलाई २०१५ मा रिलिज भएको चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो। सन् १९९१ मा चलचित्र 'फूल और काटे' बाट अजयले बलिउडमा डेब्यू गरेका हुन्। उनको सुरुवाति तस्विरमा उनको  रुप निकै अजीब लाग्न सक्छ। एक प्रसंगमा अजयले आफ्ना पुराना  तस्विर आफैलाई मन नपर्ने बताएका थिए।  

अजयको आगामि चलचित्र 'बादशाहो' सेक्टेम्बरमा रिलिज हुदैछ। २ अप्रिल १९६९ दिल्लीमा जन्मिएका अजयको वास्तविक नाम विशाल वीरू देवगन हो। उनलाई माया गरेर राजू भनिन्यो। अजय देवगन १६ बर्षको हुदाँ पहिलो चलचित्र रिलिज भएको हो। चलचित्रको नाम 'प्यारी बहना' थियो। १९८५ मा उनले चलचित्रमा मिथुन चक्रवर्तीको बाल्यकालको भुमिकामा अभिनय गरेका थिए।

अजय  र काजोलको प्रेम चलचित्र  'हलचल' को सेटबाट सुरु भएको थियो ।पहिले भेटको क्रम देखि नै अजय देवगन लुकि छिपि काजोललाई हेर्ने गर्दथिए ।  काजोलले एक अन्तर्वार्तामा सो समय उनलाई अजयसँग कसरी काम गर्ने भन्ने लागेको बताएकी थिइन् । दुवैले 'इश्क' , 'प्यार तो होना ही था' , 'दिल क्या करे' , 'राजू चाचा' र 'यू मी और हम'  जस्ता सफल चलचित्रमासँगै काम गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ